• २०७७ कार्तिक १३ गते बिहिवार

बुटवलका डीएसपी भट्टराई कारबाहीमा परे

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३१ गते बुधवार

बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराई कारबाहीमा परेका छन्। अनुशासन र आदेश पालना नगरेको भन्दै ५ नम्बर प्रदेश प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो। कारबाहीपछि उनी बुधबार बिहानदेखि कार्यालयको जिम्मेवारीबाट हटेका छन्।  प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकका अनुसार कारबाही पश्चात डीएसपी भट्टराइलाई प्रहरी कार्यालय दाङमा काजमा खटाइएको छ। उनीमाथि त्यहाँ थप अनुसन्धान हुनेछ। यद्यपी, कुन घटनाका आधारमा उनीमाथि कारबाही गरिएको हो भन्नेबारे खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार