• २०७७ मङ्सिर ११ गते बिहिवार

जेष्ठ १ गतेदेखी एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३० गते मङ्गलवार

काठमाडौं : एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले मंगलबार एक निर्णय गर्दै जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जानका लागि यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ।

  ‘कोरोना संक्रमित तीव्र गतिमा बढेपछि जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो’, गृहका सूचना अधिकारी एवम् उपचसचिव उमाकान्त अधिकारीले भने, ‘एक जिल्लाबाट अर्को जिल्लामा आवागमन रोक्न यसअघि जारी गरिएका ई-पाससहितका सम्पूर्ण पास रद्द गरिएको छ।

‘ गृहले एउटै जिल्लाभित्र आवतजावतका लागि पनि अनिवार्य सवारी पास चाहिने नियम लागू गर्ने निर्णय लिएको छ। अधिकारी अनुसार अब परिचय पत्र मात्रै देखाएर सडकमा निस्कन पाइँदैन।  सरकारले सातअघि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग र निर्माण क्षेत्रसहितका मानिसहरुले आफू कार्यरत कार्यालयको परिचय पत्रका आधारमा सवारीसाधन चलाइरहेका थिए।

तर अब परिचयपत्र देखाएर सडकमा निस्कन पाइनेछैन। अधिकारीका अनुसार अनिवार्य स्थानीय प्रशासनबाट जारी गरिएको सवारी पास देखाउनै पर्ने हुन्छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार