• २०७७ फाल्गुन १९ गते बुधवार

कोरोना विशेष अस्पतालमा प्रदेश ५ का जुनसुकै जिल्लाबाट आएपनि उपचार गर्ने निर्णय

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३० गते मङ्गलवार


दाङ : दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल संचालक समितिले उपचारका लागि प्रदेश ५ का जुनसुकै जिल्लाबाट आएपनि उपचार गर्ने निर्णय गरेको छ । मंगलवार प्रदेश ५ का संघीय आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीको अध्यक्षतमा बसेको बैठकले अस्पतालमा बिरामी भरिएपछि दाङबाट अन्य लैजान र ल्याउन सकिने भन्दै तयारी अवस्थामा बस्ने निर्णय गरेको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले बताए ।

जिल्ला बाहिरबाट कोरोना संक्रमित बिरामी आउन लागेको भन्दै सामाजिक संजालमा तिब्र बिरोध भईरहदा समितिले यस्तो निर्णय गरेको हो । तत्कालका लागि कोरोना संक्रमित ३० जनालाई राखेर उपचार गर्न सकिने अस्पतालले जानकारी दिएको छ । संक्रमितलाई लक्षित गरेर प्रदेश ५ मा भैरहवा, बुटवल, दाङ र बाँकेको खजुरामा भेन्टीलेटर सहितको सुविधा सम्पन्न अस्पताल तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी उपचारका क्रममा मृत्यु भएकालाई बोक्नका लागि तयारी अवस्थामा एउटा एम्बुलेन्स र शव व्यवस्थापनका लागि जग्गाको छनौट गर्ने निर्णय भएको तुलसीपुर उपमहागनरपालिका कार्यबाहक मेयर नवराज लामीछानेले बताए ।

त्यसैगरी बस्न र खानका लागि पनि होटेलको व्यवस्थापन गर्ने निर्णय भएको छ । बैठकमा घोराही उपमहागनरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख नवराज लामीछाने, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, संस्कृत विश्व विद्यालय बेलझुण्डीका डिन सन्जय पोख्रेल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेस चन्द, स्वास्थ्य कार्याय दाङका प्रमुख सुनिता पौडेल लगाएतको सहभागिता रहेका थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार