• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरमा खुकुरी प्रहारबाट २ युवा घाइते

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३० गते मङ्गलवार


तुलसीपुर, तुलसीपुरमा खुकुरी प्रहारबाट २ युवा घाइते भएका छन् । गएराति पौने ९ बजे भएको खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका ६ गोलौरा निवासी २९ बर्षीय टीकाराम बस्नेत र सोही ठाउँका २८ बर्षीय प्रकाश नेपाली गम्भीर घाईते भएका छन् ।

तुलसीपुर उपहानगरपालिका १२ एयरपोर्ट निवासी १९ बर्षीय सुरेश डाँगीको खुकुरी प्रहारवाट गम्भीर घाईते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

बस्नेतको अनुहार र नेपालीको टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए । गोलौरा स्थित सरस्वति टोलमा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गर्ने डाँगीलाँई प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार