• २०७७ फाल्गुन १२ गते बुधवार

तुलसीपुरमा नवजात जुम्ल्याह शिशुको स्वाव संकलन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २९ गते सोमवार

तुलसीपुर, दाङमा पहिलो पटक २ दिने जुम्ल्याहा बालिकामा कोरोना संक्रमण भए नभएको चेकजाँच गर्नको लागी स्वाब लिइएको छ । भारतबाट आएर तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा बसेकी महिलाबाट जन्मिएका हुनाले उनीहरुको स्वाब लिइएको तुलसीपुर उपमहानरका कोभिड १९ फोकल पर्सन बिमल केसीले बताए ।

नेपालमा अहिलेसम्म स्वाब परिक्षण गरेको मध्ये उनीहरु नै सबैभन्दा सानो उमेरको भएको समेत उनले बताए । उनीहरुको तौल कम भएका कारण तुल्सी हस्पिटलमा एनआइसियुमा राखेर उपचार भईरहेको पनि समेत फोकल पर्सन केसीले बताए ।

उनीहरुको अवस्था अहिले सुधारोन्मुख रहेको हस्पिटलले जनाएको छ । हस्पिटलमा उपचाररत बालिकाको स्वाब संकलन गरेर परिक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको तुलसी अस्पतालका सञ्चालक एवं नबजात शिशु तथा बालरोग बिशेषज्ञ डा. किशोर खत्रीले बताए ।

विहीबार क्वारेन्टाइनमा बसेकी तुलसीपुर १३ की अनिता यादवले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जुम्ल्याह बच्चा जन्माएकी थिईन् । त्यसैगरी यावदको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार