६ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २७ गते शनिवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ, २७ बैशाख :
कोरोना भए नभएको चेकजाँच गर्दा राप्ती गाउँपालिकाका ६ जनाको रिर्पाेट नेगेटिभ आएपछि उनीहरुलाई होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाईएको छ । छिमेकी मुलुक भारतबाट घर फर्किएका राप्ती गाउँपालिका ९ का ६ जना युवाहरूको कोरना भए नभएको चेकजाँच गर्दा रिर्पाेट नेगेटिभ आएको थियो । वडा नं ९ का ३२, १८, १९, ३४,१९ र २३ वर्षका ती युवाहरू मजदुरी गरि घर फर्किएका थिए । ६ जना मध्ये ४ जना बुधबार र २ जना बिहीबार राप्ती गाउँपालिका आइपुगेका थिए । उनीहरु भारतबाट कृष्णनगर बोडर सम्म साइकलमा त्यस पछि कृष्णनगरबाट चन्द्रौटा सम्म पैदल यात्रा र चन्द्रौटाबाट राप्ती गाउँपालिका सम्म गाडी चढेर आएका थिए । ६ जना युवाहरूलाई गाउँ आउन लागेको थाहा पाएपछि वडा कार्यालय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानियहरुले सम्झाई बुझाई लालमटिया स्थित ऐरावती बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो । ति युवाहरुको स्वाब बिहीबार पिसिआर परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको थियो ।
स्वाब परिक्षण पछि उनीहरूलाई रिपोर्ट नेगेटिभ आएकोले घरमा गई होम क्वारेन्टाइनमा बस्ने गरि शनिवार विदा गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार