• २०७७ कार्तिक ६ गते बिहिवार

ब्यबसायीहरुले शनिबार बिहानैदेखि पसल बन्द गराउदै हिडे

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २७ गते शनिवार


तुलसीपुर , २७ बैशााख : लकडाउनका समयमा प्रहरीले अधिक बल प्रयोग गरेको बिरोधमा तुलसीपुरका ब्यबसायीहरु आन्दोलीत भएका छन् । दैनिक उपभोग्य बस्तु खरिद बिक्रिका लागि तुलसीपुर उद्योग बाणिज्य संघले बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्य पसलहरु खोल्ने ब्यबस्था मिलाएको थियो । सामाजिक दुरीलाई समेत ध्यानै नदिई यो समयमा उपभोक्ताहरुको भीड अनियन्त्रीत भएपछि बल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

भीड नियन्त्रण भन्दै ब्यबसायीहरुलाई समेत हातपात गर्ने काम प्रहरीले गरेकोले यसको बिरुद्ध आन्दोलनमा उत्रिनु परेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले जानकारी दिए । स्थानीय सरकार,स्थानीय प्रशासन र तुलसीपुर उद्योग बाणिज्य संघ बिचको समन्वयमा तोकिएको समयमा पसलहरु खोल्ने गरिएको छ ।

तर खोलीएका पसलहरुमा प्रबेश गरेर प्रहरीले जथाभावी लाठी प्रहार गरेको तुलसीपुरका व्यापारीहरुले आरोप लगाएका छन् । त्यस कार्यको बिरोधमा तुलसीपुर बजार अनिश्चितकालका लागि सबै व्यापार व्यवसाय, उद्योग कलकारखाना बन्द गर्ने निर्णय तुलसीपुर उद्योग बाणिज्य संघले शुक्रबार गरेको थियो ।

ब्यबसायी कृष्ण बहादुर पुन, कालु जैसी लगाएतको पसल भित्रै गएर व्यवसायीलाई कुटपिट गरेको घटनाको संघका अध्यक्ष बिरबहादुर रावत बिरुको नेतृत्वमा ब्यबसायीहरुले शनिबार बिहानैदेखि पसल बन्द गराउदै हिडेका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार