• २०७७ मङ्सिर ११ गते बिहिवार

दाङमा लकडाउन उल्लघंन गर्ने १८ सय बढि सवारी साधन नियन्त्रणमा

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २६ गते शुक्रवार


शरद रेग्मी
दाङ, २६ बैशाख
: सरकारले नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लागु गरेको लक डाउन कार्यान्वयन गराउन सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ । लामो समय देखिको लकडाउनका कारण आजित भएका नागरिकहरु घर बाहिर निस्कने क्रम नरोकिए पछि दाङ प्रहरी एक्सनमा उत्रिएको छ ।

लकडाउन अबधिभर दाङमा १ हजार ३० जना सर्बसाधारणहरुलाई दाङ प्रहरीले नियन्त्रण लिई सकड मै होल्ड गरी छाडेको छ । त्यसैगरी १ सय ७८ जनालाई प्रहरी कार्यालयमा ल्याएर सम्झाई बुझाई गरि छाडिएको जिल्ला प्रहरि प्रमुख गणेश चन्दले जानकारी दिए।

उनीहरु मध्य ४ जनालाई मुद्दा समेत चलाएर कार्बाहि अगाडि बढाईएको ईप्रका तुलसिपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्र डम्मरपालले जानकारी दिए । उनका अनुसार १८ सय १२ वटा सवारी साधन समेत नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार