• २०७७ कार्तिक ६ गते बिहिवार

दाङमा ३८ जनाको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २६ गते शुक्रवार

दाङ : कोरोना संक्रमणको शंका गरिएका ३८ जना व्यक्तिको शुक्रवार रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमणको आशंकामा प्रतिष्ठान, बिशेष अस्पताल बेलझुण्डी , राप्ती गाउँपालिका, लमहि क्वारेन्टाइनबाट आएका ३८ जनाको नमुना परिक्षण गरिएको छ ।

हालसम्म प्रतिष्ठानमा ९७ जनाको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायम मुकायम रजिस्टार कैलासप्रसाद देवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार