• २०७७ फाल्गुन २४ गते सोमवार

रोटरी क्लब अफ तुलसीपुर सिटिद्धारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २६ गते शुक्रवार

तुलसीपुर, २६ बैशाख : रोटरी क्लब अफ तुलसीपुर सिटिले दाङका ३ वटा गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बबई , दंगीशरण र शान्तिनगर गाउँपालिकाका स्वास्थ्यहरुलाई प्रदान गरिएको क्लबका अध्यक्ष देव बहादुर केसीले बताए ।

बबई गाउँपालिकाका स्वास्थ्य प्रमुख हरी खड्का र दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी तथा शान्तीनगर गाउँपालिकाका कार्यकारी प्रमुख नर बहादुर विश्वकर्मालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।

क्लबको कार्यालयमा वितरण गरिएको उक्त सामग्रीमा प्रत्येक पालिकालाई उच्च गुणस्तरयुक्त पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) २ थान, सेनिटाइजर ६० थान, माक्स ५० थान र साबुन १ सय ४४ थान रहेको समेत अध्यक्ष केसीले बताए ।

वितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिमल रिजालले महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्नका लागि संघ संस्थाहरु पनि जिम्मेवार भएर लाग्नुपर्छ भनेर स्थानीय तहलाई सहयोग स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए ।

ति सामाग्री रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान र रोटरी क्लब अफ धुलिखेलले सहयोग गरेका थिए । उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिजय केसी, वीर बहादुर रावत, उपाध्यक्ष बिनिल केसी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार