• २०७७ फाल्गुन १५ गते शनिवार

दाङमा ३४७ युनिट रगत संकलन, ३३८ खपत

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २६ गते शुक्रवार

विकास डाँगी

तुलसीपुर , दाङमा लकडाउनको अवधिमा ३४७ युनिट रगत संकलन भएको छ । गत चैत ११ गतेदेखी यहि बैशाख २५ गते सम्म तुलसीपुर, घोराहीबाट गरी ३४७ जनाले रक्तदान गर्दा उक्त रगत संकलन भएको रक्त संचार सेवा केन्द्र दाङले जनाएको छ । संकलित रगत मध्य ३३८ रगत खपत भएको सेवा केन्द्र घोराहीका प्राविधीक ठाकुर पौडेले बताए ।

लकडाउनको समयमा पनि रगत अभाव हुन नदिनको लागी विभिन्न संघ संस्था, ब्यक्तिहरुले रक्त संचार सेवा केन्द्र, घरबाट पनि रक्तदान गरेको उहाँले बताए । त्यसैगरी दाङमा लकडाउनको समयमा रगतको अभाव नभएको समेत उनको भनाई छ ।

अहिले पनि विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले रक्तदान गर्न तयार रहेकोले अहिले संकलन भएको सबै रगतको खपत भएपछि उहाँहरुबाट रगत लिईने समेत प्राविधिक पौडेलले बताए । त्यसैगरी घोराहीमा २०२ जना र तुलसीपुरमा १४५ जनाले रक्तदान गरेका सेवा केन्द्रले जनाएको छ ।

त्यसैगरी लकडाउन अवधिभर घोराहीमा २४२ युनिट र तुलसीपुरमा ९६ युनिट रगत खपत भएको रक्त संचार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानले बताए । उनका अनुसार दाङमा सबैभन्दा बढि रगत ओ पोजेटिभ र बि पोजेटिभ हुने गर्दछ ।

त्यसैगरी दाङमा मासिक रुपमा साढे २ सय देखी ३ सय युनिट सम्म रगत खपत हुने प्रमुख न्यौपानेले बताए । अन्य समयको तुलनमा अहिले कलडाउनको समयमा पनि रगत खपतमा करिब करिब उस्तै हुदै आएको समेत उनले बताए । दाङमा घोराही र तुलसीपुरमा गरी २ स्थानमा रक्त संचार सेवा केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार