• २०७७ मङ्सिर ११ गते बिहिवार

तुलसीपुरमा लखर लखर हिड्ने ५२ जना प्रहरी नियन्त्रण

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २६ गते शुक्रवार

तुलसीपुर , तुलसीपुरबाट प्रहरीले लकडाउन उल्लघंन गरेको आरोपमा प्रहरीले ५२ जना ब्यक्ति तथा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरी बजारमा हिडिरहेका मानिसहरु तथा सवारी साधन नियन्त्रणमा लिएको तुलसीपुर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र डम्मरपालले जानकारी दिए ।

त्यसैगरी १ वटा ट्रक, २ वटा जिप, ३ वटा मोटरसाइकल, २ वटा स्कुटी र विभिन्न सवारी साधनका चाबीहरु गरी १० वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएकाहरुलाई मानिसहरुलाई अबदेखि लकडाउनको उल्लंघन नगर्ने सर्तमा केही घण्टा राखेर छोडिने प्रबक्ता डम्मरपालले बताए ।

नियन्त्रणमा लिएकाहरुलाई सामाजिक दुरी कायम गरी राखिएको समेत उनले बताए । तुलसीपुरमा बिहान २ घण्टा मात्र अतिआश्वय खाद्यान्न पसलहरु खुल्दै आएका छन् । यस अघि दैनिक ३ घण्टा खुल्दै आएको भएता पनि विहीबारदेखी विहान ६ बजेदेखी ८ बजे सम्म मात्र खुल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार