• २०७७ कार्तिक ६ गते बिहिवार

लायन्स लगाएतका संस्थाहरु बैंकको भिड ब्यबस्थापन गर्दै

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २५ गते बिहिवार


शरद रेग्मी
तुलसीपुर, २५ बैशाख :
पछिल्लो समय तुलसीपुर क्षेत्रमा सामाजिक सुरक्षा भत्ता बुझ्न आउने जेष्ठ नागरिकहरुको बैकहरुमा देखिएको भिडभाडले समस्या देखिएको थियो । बैंकहरुमा जेष्ठ नागरिकहरुको समस्या देखेपछि स्थानिय सरकारको समेत आलोचना हुन सुरु भएको थियो ।

लायन्स लगाएतका संस्थाहरु बैंकको भिड ब्यबस्थापन गर्दै

लायन्स लगाएतका संस्थाहरु बैंकको भिड ब्यबस्थापन गर्दै

Gepostet von Online Rapti am Donnerstag, 7. Mai 2020

लकडाउनको समयमा वडा अध्यक्षहरुले भत्ता बितरण र ब्यबस्थापन गर्न किन सकेनन भन्ने प्रश्न अधिकांशको जिब्रोमा झुण्डिरहेको थियो । यति मात्रै हैन बैक म्यानेजर र ब्यबस्थापकले समेत भिड ब्यबस्थापन गर्न नसकेपछि सामाजिक सघॅ सस्थाहरुले दुईदिन सहयोग गरेर भिड ब्यबस्थापन गर्न सहयोग गरेका छन् ।

उनीहरुले जेष्ठ नागरिकलाई निशुल्क पानी समेत बितरण गरेको लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसीले जानकारी दिए ।
लायन्स क्लब अफ दाङ,रोटरी क्लब अफ दाङ, रोट्रयाक्ट र लियो क्लबले भोलेन्टिएरहरु खटाएर भिड ब्यबस्थापन गरेसगै बैकहरुलाई समेत सरलता भएको एकजना बैक म्यानेजरले राप्ती अनलाईनलाई जानकारि दिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार