• २०७७ कार्तिक ६ गते बिहिवार

कोरोनाले निम्त्याएको मनयुद्ध

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २५ गते बिहिवार

दाङ, चीनको वुहानप्रान्त बाट सुरु भएको कोभिड १९ संक्रमणको महामारीले अहिले पुरै विश्व ग्रस्त र त्रस्त छ । दिनहु संक्रमित हुने र मृत्यु हुनेको सङ्ख्या बढि रहेको छ । विश्व भुमण्डली करणको यो शताब्दीमा सबै ठाउँको मान्छे सबै ठाउमा छरिएको छ,यहि कुरालाई मध्यनजर गरेर चीनमा यस्को महामारी सुरु हुनासाथ वाकी विश्वपनि तत्काल यस्को संक्रमण फैलन नदिन आवस्यक कदम चाल्नुपर्नेमा उल्टै चिनलाई गिज्ज्याएर बसे ।

युरोप र अमेरिकामा त चाईनिज भाइरस भन्दै खिसिट्युरी गरियो जस्को दुश्परिणाम अहिले ठूलो मूल्य चुकाउनु परेको छ। विश्व राजनीतिमा वाक युद्द सुरु भएको छ, चिनले पश्चिमी मुलुकमा कोभिड(१९ को संक्रमण फैलायो भनेर अप्रत्यक्ष आरोप सबैले लगाईरहेका छन भने विश्वशक्ति अमेरिकि राष्ट्रपतिले सार्बजनिक रुपमै कहिले चीनलाई मुद्दा हाल्नुपर्ने,प्रतिबन्ध लगाउनुपर्ने अभिव्यक्ति दिन्छन भने कहिले विश्व स्वास्थ संगठनका महासचिव चीनमुखी भएको आरोप पनि लगाउदै आएका छन।

हुन त विश्लेषकहरुका अनुसार यी अभिव्यक्ती आगामी राष्ट्रपतिय चुनावमा आफुलाई राष्ट्रवादी देखाउने मसलाको रुपमा बोलेका हुन सक्छन तर पनि शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुखले बोलेको कुराले बाकी विश्वमा महत्त्व राख्दछ। डोजियर जस्ता गुप्तचर सस्थाहरुले पनि चीनले कोरोना भाईरसबारे बोल्ने डाक्टरलाई चुप लगाएको, कोरोना भाइरस सम्बन्धि तथ्यहरु लुकाएको र दिन नमानेको तथ्य खुलासा गरेको दाबी गरेका छन ।

यी दाबीहरु सत्य हुन वा असत्य यो इतिहासले प्रमाणित गर्दै गएतापनी सतहमा देखिने यस्ता चौतर्फी भिन्न मतहरुले कतै यो जैविक युद्धको रुप त होइन भन्ने संकेत गर्दछन। केही लेखक तथा फिल्म मेकर हरुले यो महामारी सम्बन्धि फिल्म र पुस्तकहरु प्रकाशीत गरेका कुराहरु अहिले चर्चामा छन । पहिलै भनिएका यी कुराहरुले पनि जैविक युद्दको कन्सिपेरिसी थेउरीलाई बल पुर्याउछन किनकी मिती र स्थान सहित बताउन सक्ने भविस्यवक्ता कि त समय आफै हुन्छ कित सृष्टिकर्ता हुन्छ मान्छे कदापी हुन सक्दैन ।

कि त यो संयोग मात्रै हो कित पहिले नै भाइरस अरु देशले तयार पारेर फिल्म र पुस्तकमा चीनबाट सुरु हुनेछ भन्न लगाइएको हुन सक्छ ताकी त्यसको सम्पुर्ण दोस चीनलाई लगाउन सकियोस। यदि जैविक युद्द नै भएपनी र जुनकुनै राष्ट्रले सुरुवात गरेपनी यो कतिसम्म आत्मघाती हुन्छ भन्ने कुरा कोभिड(१९ महामारीले पुष्टि गरेको छ ।

के साच्चै यो जैविक युद्ध हो त रु जैविक युद्द हो भन्ने पुष्टि पनि हुन सक्दैन किनकी यदि यो भाइरस मानव निर्मित हो भने फैलाउनुभन्दा पहिले नै यस्को औसधि वा खोप पत्ता लगाईएको हुन्थ्यो । नियन्त्रण गर्ने उपाय पत्ता नलगाई भाइरस छोडिदिने मुर्खता पक्कै पनि भएन होला । वास्तवमा कोभिड(१९ सम्बन्धि कोइ पनि स्पष्ट नभएको देखिन्छ ।

सतहमा देखिएको भरमा धारणाहरु बनेजस्ता देखिन्छन । अहिले भनिए जस्तो चमेरा, सर्प अथवा अन्य जिवको मासुको कारण हो भने चमेरा र सर्प खाएको यो पहिलोपटक होइन, प्राचिनकाल देखि खाइदै आएको हो । यदि त्यही कारण हो भने यो अथवा यस्तै प्रकृतीका रोग पहिलै लागेर पनि इतिहास देखि अहिले सम्म यो रोग नौलो हुने थिएन ।

जब कोरोना चिनमा मात्रै थियो त्यो बेला चिसो ठाउमा मात्रै कोभिड( १९ संक्रमण हुन्छ भन्ने धारणा बनेको थियो तर एकैपटक चिनबाट सिधै मरुभूमिको देश गर्मी हावापानी भएको देश इरान प्रभावित भयो र खाडी मुलुकमा पनि कोरोनाले सफर गरिरहदा हामिले बनाएको सतही धारणालाई गलत साबित गरिदियो । विश्वका धेरै देशमा विशेष गरि युरोपमा कोरोना फैलन नदिन पुरै देश लकडाउन गर्दा पनि आगो जस्तै फैलियो भने दक्षिण कोरिया लगायत केही देशमा लकडाउन गरिएन निर्बाध सदाजस्तो दैनिकी हुदापनी कोरोना फैलिन सकेन ।

त्यसैले अझैपनी कोरोना सरुवा रोग सर्ने सबै माध्यमको उपयोग गरि जटिल जालो बनाएर सरेको हुन सक्ने देखिन्छ । कोरोना भाइरस सम्बन्धि सत्यता र व्याख्या खोज र अनुसन्धानले बताउनेछ । अहिले हामिले यस्ले पृथ्वीमा पुर्याएको क्षतीको विश्लेषण मात्रै गर्न सक्छौ । यसले मानव जिवनमा क्षति त पुर्याएको छ नै यसका अतिरिक्त एक किसिमले विश्व ठप्प भएको छ । सम्पुर्ण मानव गतिविधि लगभग सुन्यप्राय छन ।

सबै वर्गका मान्छे, क्षेत्र, समुदाय, सम्पन्न राष्ट्र,विपन्न राष्ट्र सबैलाई यसले ग्रसित पारेको छ । सबै राष्ट्र कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्ने भएकोले विकास र आर्थिक गतिविधि सबै ठप्प छन। यसले गर्दा विश्व अर्थतन्त्रमा ठुलो ह्रास आउने पक्का छ । द्रुत गतिमा अघि बढिरहेको विकास र समृद्धिको गति मन्द हुने र फेरि त्यो गति प्राप्त गर्न धेरै बर्ष लाग्ने देखिन्छ । विश्व शक्ति केन्द्र र आर्थिक केन्द्रका कित्ताहरु नया बन्नेसक्ने आकलन गर्न पनि सकिन्छ ।

कोरोना कहरले रोकेको आर्थिक विकासको गतिलाई पुन प्राप्त गर्न ठुला राष्ट्रहरु आफ्नै देशको विकासमा केन्द्रित हुदा उनिहरुको अनुदान सहयोग र रिन बाट चल्ने विकासोन्मुख र गरिब राष्ट्र झन थिलोथिलो बन्ने र स्थिति भयावह हुने देखिन्छ । यो अझै फैलदै गएको र यस्को नियन्त्रण कहिले र कसरी भन्ने थाहा नहुदासम्म यस्ले निम्त्याउने विश्वव्यापी वहुआयामिक समस्या र तरङ्गलाई अनि त्यस्ले दिने पाठलाई अहिले नै आफैले कोरोना उब्ज्याएको र आफैले नियन्त्रण गर्ने झै गरि यहि नै हो भनेर भन्न सकिँदैन। ठ्याक्कै यसले दिने पाठ के हो समय सङ्गै थाहा हुँदै जानेछ ।
हाम्रो देश नेपालको सन्दर्भमा कुरा गर्दा कोरोनाले भर्खर पाईला टेकेको छ । कतिपयले छिमेकी देश चीनबाट सुरु भएको कोरोना महामारीले नेपाललाई ग्रसित नपार्नुमा आश्चर्य मानेका छन । तर हामी यस्मा मख्ख पर्ने स्थिति भने यो होइन । विश्व स्वास्थ संगठनको अध्ययनले सन १६०० यताका महामारीलाई अध्ययन गर्दा महामारीको को पहिलो लहरभन्दा दोस्रो र तेस्रो लहर झन भयानक भएर प्रकट भएको देखिन्छ त्यसरी कोरोना पनि अहिले पहिलो लहरमा रहेको र दोस्रो तेस्रो लहरमा यो अहिले भन्दा झन भयावह भएर निम्तिन सक्ने , यसको प्रभाव दुई बर्षसम्म रहन सक्ने देखाएको छ ।

त्यसले गर्दा पनि कदाचित नेपाल पहिलो लहरमा सौभाग्यले कोरोना प्रभावित भएन भने पनि दोस्रो तेस्रो लहरमा अछुतो नरहन सक्छ । गरिब राष्ट्र, पर्याप्त स्वास्थ सेवा उपलब्ध नभएको र प्रविधि पनि नभएको हाम्रो देशमा अहिले देखि नै हामी जनता आफै सचेत र सतर्क भएर आधारभुत तयारी सहित कोरोना महामारी बिरुद्द लाग्नुपर्ने देखिन्छ। हाम्रो देश जस्तो गरिब देशको लागि आधारभुत तयारी भनेकै घरमै सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसि कोरोना सर्नबाट बच्नु हो ।

घरमै बसेर कोरोना सङ्ग लड्नको लागि प्रत्यक घरको चुलो बल्ने र भोको पेट बस्न नपर्ने वातावरण तयार गर्नुपर्ने देखिन्छ । हाम्रो राज्यले त्यो प्रत्याभूत गर्न सक्छ भन्ने मलाई लाग्दैन त्यसैले हामी आफै बेलैमा यसको लागि तयार भएर भोकै मर्ने अवस्थाबाट बच्न जरुरी छ । गाउघरमा त प्राय नेपाली भोकै मर्ने स्थिती हुदैन किनकी लगभग बर्षभरि खान पुग्ने अन्न सबैसङ्ग हुन्छ।

तर यदि साच्चिकै नेपालमा कोरोना नियन्त्रण बाहिर गयो भने अस्पतालमा टोलमा गल्लिमा मान्छेका लास देखिन थाले भने के कसैले खाद्यान्न बोकेर डुल्ने साहस गर्ला रु के कसैले पसल खोल्ने हिम्मत गर्ला रुरु जब जीवन मरणको प्रश्न उठ्ने छ तब कोइ कसैको सेवामा आउने छैन, हाम्रो राज्यसङ्ग पनि राज्य संयन्त्र प्रयोग गरेर बाड्ने मौजुदा खाद्यान्न छैन त्यतिबेला शहरमा बस्ने धनि गरिब जो भएपनि भोकै मर्ने स्थिती आउन सक्छ ।


अहिले कोरोना प्रकोपले हामिलाई यो पाठ पनि दिएको छ कि व्यक्ति, राज्य सबै आआफ्नो ठाउमा खाद्यान्न अभावको पुर्ब तयारी गर्नु पर्ने रहेछ, किनेर खाने भन्दा कृषि उत्पादनतिर जोडिनुपर्ने रहेछ। तपाईं हामिलाई कत्तिको थाहा छ रु युरोप अमेरिकामा दैनिक लाखौ टन आउट डेटेड फास्टफुड समुद्रमा मिल्काइन्छ भने अफ्रिकामा मात्रै दैनिक सयौ मानिस भोकमरीबाट मर्छन। अर्को तिर विश्वका सम्पन्न मुलुकहरु विश्व खाद्य सुरक्षा नितिलाई ह्र्दयङ्गम गर्दै आफ्नो देशमा कुनै समय अन्न उत्पादन हुन सकेन वा अन्य कुनै विपत्तिको कारण खाद्यान्न आपुर्ती सहज भएन भने देशका नागरिकलाई एक बर्षसम्म पुग्ने खाद्यान्न पुर्ती गर्न सक्ने मौज्दात राखेका हुन्छन।

हाम्रो सम्बन्ध मा पनि म दुइवटा सानो तर गम्भीर अर्थ दिने सन्दर्भ यो आलेखमा व्यक्त गर्न चाहन्छु। पहिलो सन्दर्भ, यद्यपि आजभोली यो चलन हराउदै गएको छ हाम्रा बाजे बराजुका पालामा दुई उदेश्यले अन्न भन्डार हुन्थ्यो एउटा बर्षभरी खानलाई भन्डार हुन्थ्यो र अर्को चाहिँ एकबर्ष जति पुग्ने अन्न पनि सधै जोहो हुन्थ्यो त्यो अन्न सित्तिमित्ती खोलिदैनथ्यो र बेचिदैन थियो पनि बरु बर्षान्तमा नया अन्न राख्नलाई खोलिन्थ्यो ।

त्यसको उद्देश्य के थियो भने केहि कारण ले अर्को बर्ष अन्न उत्पादन भएन भने भोकमरीको महामारी झेल्न सकियोस र अर्को बर्ष सम्म टिकोस। दोस्रो सन्दर्भ , हामिले यो कोरोना महामारीकै बिचमा सरकारले बाडेको राहत गरिबले भन्दा धनिले पाए भन्ने गुनासो धेरै सुनियो र एउटा घटना पनि घट्यो त्यो के हो भने सरकारले दिएको खाद्यान्न राहत लिएको घरमा आगलागी भयो र आगो निभाउन जादा त्यो घरमा २५ लाख रुपैया नगद भेटियो।

अब हामी विचार गरौ सहरमा घर भएको मान्छे त्यो पनि २५ लाख नगद घरमा राखेको मान्छे किन एक बोरा चामल पाउनलाई मरिहत्ते गर्नुपर्ने रु राहत लिएको यो कुरा सुन्दा नाजायज र अस्वाभाविक लागेपनि यो प्रश्नको स्वाभाविक उत्तर हो भोक। भोक सबैभन्दा ठूलो विपत्ति भने खाद्य सुरक्षा सबैभन्दा ठूलो सम्पत्ति।

यदि प्रकृति र परिस्थिति मानव नियन्त्रण बाहिर गयो भने त्यस्लाई थेग्न आधारभुत देखि विशिष्टिकृत तयारी कति हुने र के हुने भन्ने बारेमा प्रत्येक व्यक्ति र राज्य नितिगत रुपमा कति तयार छ र कति तयार हुनुपर्छ भन्ने पाठ समय समयमा विभिन्न विपत्तिले दिएपनि त्यसबाट हामिले पाठ सिकेको देखिदैन। वि.स. २००७ साल वरिपरि चरम खाद्य संकट र भोकमरीको चपेटामा परेको दक्षिण कोरियालाई नेपालले पनि खाद्यान्न सहयोग गरेको थियो यस्को सात दसक पनि नबित्दै हामी खाद्यवस्तु आयात गर्ने अवस्थामा पुग्यौ ।

समय र प्रविधिको विकास सङ्गै हामी दोस्रो र तेस्रो मुलुकमा खाद्यान्न निर्यात गर्नु पर्नेमा हामी उल्टोबाटो हिडिरहेका छौ। परिणामस्वरुप अन्य कुनै राष्ट्रिय विपदा आउदा पनि त्यसको असर खाद्यान्न आपूर्तिमै परेको देखिन्छ । समयले पृथ्वीको जैविक परिवेशलाई निकै फरक बनाएको छ, जलवायु परिवर्तनले कतिपय अन्नवाली उत्पादननै हुन छोडेका छन भने कतिपय बन्दै गएको प्रतिकुल मौसम सङ्ग जुधिरहेको छन। यस्तै अवस्था रह्यो भने अब हामिले कृतिम रुपमा तयार पारेको टनेल बाहेक अन्यत्र खेती गर्न संभव हुने छैन।

सबै अन्नवाली टनेलमै गर्न सम्भव छ त रु पक्कै पनि छैन। त्यसैले वैज्ञानिकहरु सोध अनुसन्धानकर्ताहरु खाद्यान्नका नया नश्लको खोजी र विकासमा लागीरहेका छन । हामिले खाने मासुजन्य जिवहरु पनि लोप भए त्यस्को विकल्प के त भनेर पृथ्वीमा भएका सयौ जिवहरु खाद्य प्रयोगशालामा परिक्षण भैरहेका छन। पानीको अभाव हुनेठाउमा, मरुभूमि हुने देशमा कम पानीमा पनि उत्पादन दिन सक्ने अन्नवालीको खोज,विकास र परिक्षण भैरहन्छन ।के हामिले विकासको यो गतिलाई समात्न सकेका छौरुरु पक्कै पनि छैनौ । उल्टो हामीले हाम्रा भएका मौलिक विउहरु लोप बनाएर विउमा परनिर्भर भएका छौ।

खेती लगाउने बेला बिउको अभाव झेल्छौ मलको अभाव झेल्छौ। यसै सन्दर्भमा इजरायलमा भएको एउटा कृषि सम्बन्धि गोष्ठीमा सहभागी नेपाली कृषि विज्ञलाई इजरायली कृषि विज्ञले भनेको कुरा अर्थपूर्ण छ । उनले भनेका थिए, ईजरायल सङ्ग पानी छैन, खेतियोग्य जमिन पनि छैन,यहाको जलबायु पनि कृषिको लागि अनुकुल छैन त्यसैले हामी यो प्रतिकुल ठाउमा के र कसरी खेती गर्न सकिन्छ भनेर खोज अनुसन्धानमा छौ तर नेपालसङ्ग के छैन रु तिनै मौसममा खेती हुने जलवायु छ, समय समयामा पानी पर्छ, नदिनाला पानीका स्रोतहरु प्रशस्त छन, आफै उर्वर जमिन छ ।

तपाईहरु हाम्रो जस्तो सभा गोष्ठीमा समय खेर फाल्नु आवश्यक छैन मात्रै तपाईहरुको राज्य वयवस्था र जनताको चेतना फेर्नुहोस सबै ठिक हुन्छू ।
अन्तमा नेपालका राजनीतिक दल र नेपाल सरकारलाई छोटो सुझाव, ू सक्छौ भने सत्ता पक्ष प्रतिपक्ष केही नभनि कुर्सी र सत्ताको खेलमा नलागी आआफ्नो ठाउबाट कोरोना विरुद्धको लडाइमा साथ दिऔ सक्दैनौ भने नेपालमा धेरै पटक अभ्यास गरिएको सबै दलहरु समावेश गरि राष्ट्रिय सहमतिको सरकार बनाऔ र सबै एकता बद्द भै राज्य संयन्त्र चुस्तदुरुस्त बनाई कोरोना बिरुद्द लड्न तयार बनौू ।

तपाईं हामिलाई सुझाब, घरमै बसौ, सरसफाइमा ध्यान दिऔ, खानपानमा ध्यान दिऔ, सामाजिक होइन भौतिक दुरि कायम गरौ किनकी समाजमा घर टाढा हुन्छन बस्ती आफैमा क्वारेन्टाइन र आइसोलेसन जस्तो हुन्छन तर मन नजिक हुन्छ तर सहरमा एउटै घर प्रयोग हुन्छ, एउटै बाथरुम प्रयोग हुन्छ,एउटै धारा प्रयोग हुन्छ ,एउटै गेट प्रयोग हुन्छ,एउटै गल्ली प्रयोग हुन्छ , ओल्लो कोठा र पल्लो कोठामा बसिन्छ, भौतिक दुरि कम हुन्छ तर मन कस्को कता कस्को कता त्यसैले भौतिक दुरि बढाऔ सामाजिक दुरि होइन रु आधुनिक बन्ने नाममा जो भेटेपनी झ्याप्प अङ्गालो हाल्ने बानी छोडौ, प्रेम आलिङ्गनको महत्त्व नघटाऔ,नमस्ते गर्न सिकौ कोरोना लगायत सबै सरुवा रोगबाट बचौ ।

यो लकडाउनलाई सदुपयोग गरौ, सृजनात्मक बनाऔ , परिवार सङ्ग लामो समय बिताउने अवशर आएको छ खुसी साटासाट गरौ, कामको कारण टाढा टाढा हुने अथवा घरमै भए पनि उठ्ने बित्तिकै काममा जाने हतारो साझ थाकेर आएर खाने बित्तिकै सुत्नको हतारो हुने श्रीमान श्रीमतीहरुको लागि एक अर्कालाई समय दिने स्वर्णिम अवसर लकडाउन भएको छ ।

यति लामो समय निकै प्रेम पुर्ण,निकै उत्कृष्ट सम्भवत जिवनकै उत्कृष्ट प्रेममय समय विताउनुहोस,खेल्नुहोस जिस्किनुहोस, रमाउनुहोस, उत्कृष्ट प्रेम जताउनुहोस। यो कोरोनाबाट परनिर्भर होइन स्वनिर्भर हुन सिकौ, उपभोगवादी उपभोक्तामुखी होइन उत्पादनमुखी बन्न सिकौ , किनेर खाने होइन बेचेर खाने बन्न सिकौ ।

रेनम वली पुर्ण

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार