• २०७७ कार्तिक ६ गते बिहिवार

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २५ गते बिहिवार


रोल्पा : रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । रोल्पाको लुंग्री गाउँपालिका २ सिर्पमो ६३ बर्षिय भीमबहादुर विक र ४० बर्षिय चित्र पुनको विहिवार विहान साढे ८ बजेतिर चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्र बहादुर गुरुङले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार विकले गहुँ ढल्याउदै थिए भने पुनको घर बाहिर भएको समयमा चट्याङ लाग्दा उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै उनीहरुको घरमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार