• २०७७ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरका बैंकको भिडभाड ब्यवस्थापन गर्दै तुलसीपुरका सामाजिक संघसंस्था

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २४ गते बुधवार


तुलसीपुर, केही दिनदेखी तुलसीपुर क्षेत्रका बैंकहरुमा जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता निकाल्न आउँदा अत्याधिक भिडभाड हुदै आएको छ । तुलसीपुर उपमहानगरपालिकाले लडकाउनको समयमा केही सहज होस भनि जेष्ठ नागरिकहरुको बैंक खातामा भत्ता जम्मा गरिदिए पछि उनीहरु पैसा निकाल्न विहानै देखी बैंकमा आउँदा कोरोनामा जोखिम बढ्ने देखिएको थियो ।

बैंकमा सामाजिक दुरी कायम नगरी जेष्ठ नागरिकहरुको भिडभाड भएको देखेपछि मंगलवारदेखी तुलसीपुरका सामाजिक क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुले भने ब्यवस्थित गर्न थालेका छन् । हप्तामा २ दिन विभिन्न बैंकहरुले सामाजिक सुरक्षा भत्ता दिन लागेपछि जेष्ठ नागरिकहरुको अत्याधिक भिड् लाग्ने गर्दथ्यो ।

पछिल्लो समयमा दाङ संग सिमान जोडिएको बांके र रुपन्देहीमा कोरोना संक्रमितका विरामीहरु भेटिएपछि अझ जोखिम हुने भएकाले र उनीहरुलाई धेरै समस्या भएको देखेपछि आफुहरुले स्थानिय सरकारसंग समन्वन गरी सामाजिक दुरी कायम गर्दै जेष्ठ नागरिकहरुलाई सहयोग गरेको रोट्रयाक क्लब अफ तुलसीपुरका अध्यक्ष नविन राईले बताए ।

मंगलवारको दिन केही सहज भएको भएता पनि आजदेखी प्रत्येक बैंकहरुमा एउटा÷एउटा संस्थाहरुले खटेर सहयोग गर्ने उनले बताए । त्यसैगरी बैंकहरुले पनि प्रत्येक दिन दिउँसो एक बजे सम्ममा सेवा दिदै आएकोमा जेष्ठ नागकिरहरु विहानदेखी साझ सम्म लाइनमा हुने भएकाले ५ बजे सम्म सेवा दिदैआएको तुलसीपुरको एक बैंंक कर्मचारीले बताए ।

यता सम्बन्धित वडालाई भत्ता लिन आउने जेष्ठ नागरिकहरुलाई एकै पटक नभई थोरै थौरै पठाउने भनि जानकारी गराएको तुलसीपुर उपमहानरपालिकाकाका कार्यबाहक मेयर नबराज लामिछानेले बताए । त्यसै बैंकहरुलाई पनि दिउँसो एक बजे सम्म मात्र नभई अलि समय बढाएर सेवा दिन आग्रह गरेको उनले बताए ।

त्यसैगरी बैंकहरुलाई पनि जेष्ठ नागरिकहरु बैंक भित्र आईपुगे पछि सामाजिक दुरी कायम गरी सेवा दिन आग्रह गरेको लामिछानेले बताए । साथै मंगलवारदेखी विभिन्न सामाजिक कार्यमा काम गर्ने संघसंस्थाहरु र तुलसीपुर उपमहानगरपालिकाले सामाजिक दुरी कायम गर्दै ब्यवस्थापनका लागेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार