• २०७७ कार्तिक ६ गते बिहिवार

हावाहुरी र पानीले घर भत्किदाँ तिन लाखको क्षति

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २३ गते मङ्गलवार


शरद रेग्मी
तुलसीपुर ,२३ बैशाख :
तुलसीपुरमा मंगलबार परेको पानी र हावा हुरीका कारण तुलसीपुर ८ अश्वारामा निवासी मोहन विकको घर भत्किएको छ । ५ परिवार रहेका बिकको घर भत्किएपछि परिवारमा बिचलन देखिएको छ । घर भत्किए लगत्तै वडा अध्यक्ष बेदु केसि र स्थानिय प्रहरिको टोलि निरिक्षण गरेर फर्किएको छ।

केहि समय पछि राहत उपलब्ध गराउने आश्वासन पाएका बिक परिवारले दिन भरि लगाएर घरमा माटोले पुरिएका सामानहरु निकाल्न लागि परेका थिए, तर उनीहरुलाई साँझ के खाने होला भन्ने चिन्ता भने खुबै लागि रहेको थियो ।, घटना को खबर पाए लगत्तै अश्वारा पुगेको अन द स्पट राहतको टिमले घर भत्किएको दुई घण्टामै चामल सहित खाधान्न सामाग्री हस्तान्त्रण गरिरहदाँ बवक परिवारलाई केहि भएपनि राहतको अनुभुति भएको थियो ।

सो अबसरमा तुलसीपुर उद्योग बाणिज्य सघंका बरिष्ठ सदस्य यज्ञ बहादुर केसी, ब्यबसायी भागवत कमलापुरी र भाडाँकुडा सौजन्य युवा ब्यबसायी दुर्गा बहादुर खडकालाई स्थानिय र पिडित परिवारले धन्यबाद समेत दिएका थिए । ३ लाख बढि क्षति भएको विक परिवारको ब्यबस्थापनका लागि स्थानिय सरकारको ध्यान तत्काल पुग्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार