• २०७७ कार्तिक ११ गते मङ्गलवार

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितकाे स‌ंख्या ८२ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २३ गते मङ्गलवार

नेपालगञ्ज,२३ बैशाख : बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले आज मंगलवार बिहान जारी गरेको सुचनामा नेपालगञ्जमा थप सात जना संक्रमित भेटीएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० बर्षका पुरुष र ९, ३२, ३४ र ५५ बर्षका महिलामा कोरोना संक्रमण देखिएको हो । 

यससंगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ, भने नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार