• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण देखियो

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २१ गते आइतवार

काठमाडौं : नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ भने नेपालभरमा ७५ पुगेको छ।

प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

आइतबार मात्र नेपालगञ्जमा ९ जनामा कोरोना देखिएको थियो। शुक्रबार नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ।

संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार