• २०७७ फाल्गुन २४ गते सोमवार

जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

Author Logo..
२०७७ बैशाख २१ गते आइतवार

तुलसीपुर, दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरिएको छ । दाङको शान्तिनगर गाउँपालिकां ४ निवासी १५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका ८ चखौरा का २२ बर्षीय सचिन चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए ।

शनिवार तुलसीपुर उपमहानगरपालिका २ कुईरेपानी स्थित जंगलमा गाई चराउन गएको अवस्थामा ति बालिकालाई बजरजस्ती करणी गरेको आरोप लागेको छ ।

करणी गरी फरार भएको सुचना प्राप्त हुना साथ बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले चखौरामा लुकीछिपी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १८ को दफा २१९ (करणी सम्बन्धी) कसुरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रबक्ता खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार