बेलझुण्डी खानेपानीद्धारा क्वारेन्टाइनमा निशुल्क पानी वितरण

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २० गते शनिवार

विजौरी, २० बैसाख : विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि जिल्ला वाहिरबाट आएका व्यक्तिहरुलाइ राखिने क्वारेन्टाइनमा बेलझुण्डि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी सहयोग गरेको छ ।

बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम, जिल्ला खानेपानी सन्जालका संयोजक खेमराजवली सहितको टोलिले शनिवार तुलसीपुर उपमहानगरपालिका—१६ लक्ष्मीपुरस्थीत निमावि लक्ष्मिपुरमा सन्चालित क्वारेन्टाइनमा दुइदर्जनजति जार र केहि कार्टुन बोतल प्रदान गरेको हो ।

आफुहरुको सानो सहयोगले पनि क्वारेन्टाइनमा बसेका नागरीकहरुलाइ स्वस्थ खानेपानीको आवस्यकता पुरा हुने भन्दै संस्थाले क्वारेन्टाइनमा बसेका विरामीहरुलाई आवश्यक मास्क र हातधुने सावुन समेत केहि दिनमै उपलव्ध गराउने संस्थाका अध्यक्ष गौतमले बताए ।

यसअघि तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सो क्वारेन्टाइनमा निशुल्क रुपमा खानेपानी उपलव्ध गराउंदै आएको थियो ।

सो अवसरमा वडाध्यक्ष भुप वहादुर केसीले हरेक संघसंस्थाहरुको सहयोगले क्वारेन्टाइन चल्दै आएको भन्दै यस्तै सहयोगको अपेक्षा गरे । क्वारेन्टाइनमा हाल काठमाण्डौ, भक्तपुर, काभ्रे, पोखरा र नुवाकोटबाट आएका कम्तिमा ३१ मज्दुरहरु राखिएका छन् । उनीहरुमध्ये २२ जना पुरुष र ९ जना महिलाहरु रहेका छन् ।

जसमा दुइजना सुत्केरी महिलाहरु समेत रहेका छन् । क्वारेन्टाइनमा हालसम्म केहि व्यक्तिले चामल सहयोग, कसैले दाल, कसैले नुन र कसैले तेल सहयोग गर्दै आएका छन् । अझै केहि दिनकालागी आवस्यक दैनिक उपभोग्य सामाग्रिहरुको स्टक रहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार