• २०७७ फाल्गुन १३ गते बिहिवार

तुलसीपुर सुनचाँदी ब्यबसायीद्धारा २२५ जना कालीगढलाई राहत वितरण

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १९ गते शुक्रवार

तुलसीपुर, १९ बैशाख : तुलसीपुर सुनचाँदी ब्यवसायी समितीले समितीमा आबद्ध सुनचाँदी पसलमा कार्यरत २२५ जना कालीगढहरुलाई शुक्रवार राहत वितरण गरेको छ ।

तुलसीपुर ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाह र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधीको उपस्थितीमा राहत वितरण गरिएको समितीका निर्वतमान अध्यक्ष लोेकराज स्वर्णकारले बताए ।

लकडाउनका कारण पसलहरु बन्द भएका र काम गर्न नपाउँदा कालीगढहरुलाई समस्या भएकाले नेपाल सुनचाँदी ब्यवसायी महासंघ र तुलसीपुर सुनचाँदी ब्यवसायीहरुको सहयोगमा प्रतिब्यक्ति २५ किलो चामल, १ किलो दाल , १ किलो नुन, एक वटा साबुन, एक पोका तेल र आधा किलो सोयाविन वितरण गरिएको समितीका जिल्ला अध्यक्ष मदन केसीले बताए ।

त्यसैगरी उनले अझै पनि कुनै कालीगढहरुले राहत नपाएको भए वितरण गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार