शान्तिनगर, दाङको शान्तिनगर गाउँपालिकामा ३० जनाको आरडीटी टेष्ट गरिएको छ । शान्तिनगर गाउँपालिकाले ३ को बिपी मावि बयाले सिंमतारामा संञ्चालनमा ल्याएको क्वारेन्टाइनमा अहिलेसम्म ३० जनाको आरडीटी परिक्षण गरिएको हो ।
उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए ।
गाउँपालिकाले गत चैत १७ गतेदेखि उक्त बिद्यालयमा २० सैयाको क्वारेन्टाइन संचालनमा ल्याएको छ । अहिले क्वारेन्टाइनमा वडा नंं १ का ३ जना र वडा नं. ३ का एक गरि ४ जना मात्र रहेको र उनीहरुको आरडीटी परीक्षण पश्चात घर पठाइने गाउँपालिकाले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस