राप्तीको बैठक कोरनाबाट बच्दै काम गर्ने निर्णय

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १८ गते बिहिवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ
: राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको यस आर्थिक वर्षको १५ औं कार्यपालिकाको बैठक कोरनाबाट बच्दै विभिन्न काम गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले ७ प्रस्तावहरुमा सर्बसम्मत तवरले निर्णय गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

पछिल्लो कोरना संक्रमणको अवस्थालाई ध्यानमा राख्दै बसेको बैठकले नदिजन्य पदार्थ व्यवस्थापन, योजना सञ्चालन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी, संघ र प्रदेशमा योजनाहरु माग गर्ने, क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइन राख्ने मापदण्ड, राहत वितरण समिक्षा, रकम भुक्तानी, जनप्रतिनिधि तथा कर्मचारी द्धारा राहत सहयोग लगायतका विषयमा निर्णय गरिएको छ ।


गाउँ कार्यपालिकाका सदस्यबाट प्रकोप व्यवस्थापन कोषमा १ लाख वढि रकम र राप्ती गाउँपालिकाका कर्मचारीको तर्फवाट समेत ३ दिन देखी ५ दिन सम्मको तलव राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
नदिजन्य पदार्थ व्यवस्थापन सम्बन्धमा राप्ती क्षेत्रको सिंचाई प्रणालीलाई बर्षात अगावै ब्यवस्थापन गर्नुपर्ने र सो को लागि प्रगन्ना सिचाई आयोजनाको २ नं र ३ नं इन्टेकमा पानी सञ्चालन गर्नका लागि राप्ती नदीवाट इन्टेक सम्म क्यानलाईज गरी पानी ल्याउने ब्यवस्था मिलाउने र जिल्ला प्रशासन कार्यालयबाट निदेर्शित निर्देशन तथा मापदण्डका आधारमा नियमित कृषि कार्य गर्ने निर्णय गरिएको छ ।
राप्ती क्षेत्रका विभिन्न योजना सञ्चालन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट निदेर्शित निर्देशन तथा मापदण्डका आधारमा सञ्चालनका लागि सहजीकरण तथा समन्वय गरिने भएको छ ।
बैठकले आगामी आर्थिक वर्षका लागि संघीय सरकारमा गाउँपालिकाको प्रशासकीय कार्यालय भवन, राप्ती चक्रपथ निर्माण, मझेनीगढ दोलय खोला पक्की पुल निर्माण, पत्थरगढवा सानो नदीमा पक्की पुल निर्माण, राप्ती गाउँपालिका स्तरिय अस्पताल मसुरियामा निर्माणका लागि माग गरेको छ ।
क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइन राख्ने कार्यलाई बडाउदै विदेश तथा नेपालका विभिन्न ठाउँबाट यस गाउँपालिकामा प्रवेश गरेका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नको लागि प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने र त्यसका लागि गाउँपालिकाका विद्यालय प्रयोगमा ल्याउने, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम कोरना संक्रमित ठाउँहरुबाट आउने र संकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, वडास्तरमा कोरोना रोकथामको लागि वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका १, स्वयंसेवक र रेडक्रस र गैससका प्रतिनिधि २ ÷ ३ जना र प्रहरी १ जना रहेको वडास्तरिय कोभिड १९ कोरना रोकथाम स्वयंसेवक समिति गठन गर्ने समेत निर्णय गरिएको शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।

शिक्षाका विषयमा बैठकले कक्षा १ देखि ९ सम्मको विद्यालयहरुबाट लिएको वार्षिक परीक्षाको नतिजा प्रकाशन हालसम्म नगरेका विद्यालयहरुले सामाजिक दुरी कायम राखी विभिन्न सञ्चार माध्यमहरुको माध्यमको प्रयोग गरी भिडभाड नगरी विद्यालयबाट नतिजा प्रकाशनको व्यवस्था मिलाउन विद्यालयहरुलाई निर्देशन दिईएको छ ।

साथै गाउँपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थामा वासरकारी अस्पतालमा प्रसुति भई सम्बन्धित वडा कार्यालयमा ३५ दिनभित्र जन्मदर्ता गरेमा प्रोत्साहन वापत रु १ हजार पोषण खर्च भुक्तानी दिइदै आएकोमा लकडाउनका कारण जन्मदर्र्ता गर्न नसकेमा लकडाउन अवधीलाई गनणा नगरी लगडाउन पछिको अवस्थालाई गणना गर्ने र साविक बमोजिम भुक्तानी गरि व्यक्तिगत घटना दर्ताको सन्दर्भमा लकडाउन अवधीको विलम्ब शुल्क समेत नलिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार