लाइन्स क्लब अफ गुरुकुलद्धारा प्रतिष्ठानलाई स्वाब लिने बुथ हस्तान्तरण

Author Logo..
२०७७ बैशाख १८ गते बिहिवार


घोराही , १८ बैशाख : घोराही स्थित लाइन्स क्लब अफ गुरुकुल एकेडेमिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोनाको शंका लागेर चेक जाँचका लागि आउने बिरामीहरुको स्वाब लिनका लागि मेडिचेक बुथ अर्थात स्वाब लिने बुथ प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ ।

लाइन्स क्लब अफ गुरुकुलका सस्थापक अध्यक्ष तथा इन्जिनियर अनन्तराज घिमिरे, बिद्यालयका कायममुकायम प्रिन्सिपल मुकुन्द गिरी ,लाइन्स क्लब अफका जोन चिफ लोकेन्द्र बुढाथोकीले सयुक्तरुपमा प्रतिष्ठानकि उपकुलपती प्रा.डा .संगीता भण्डारी, कायम मुकायम रजिस्ट्रार कैलाश प्रसाद देब, अस्पताल निर्देशक डा. सागर पन्थीलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानलाई सहयोग स्वरुप हस्तान्तरण गरेकोमा उपकुलपती भण्डारिले धन्यवाद दिईन् । अब प्रतिष्ठानमा बुथ स्थापना भएपछि बिरामीको सुरक्षित रुपमा स्वाब लिन सहजता हुनेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार