विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख १९ हजार बढी संक्रमिमत, १० लाख निको

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १८ गते बिहिवार

काठमाडौं, १८ बैशाख : विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख १९ हजार ३४२ पुगेको छ। बिहीबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १० लाख ६४ हजार ९ सय ७० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

स्तै, स्पेनमा २ लाख ३६ हजार ८ सय ९९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ५ सय ४१, बेलायतमा १ लाख ६६ हजार ४ सय ४१ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार २ सय ४७ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

त्यस्तै इटालीमा २७ हजार ६ सय ८२, बेलायतमा २६ हजार ९७, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्समा २४ हजार ८७ जनाको मृत्यु भइसकेको छ। विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या पनि बढीरहेको छ। बिहीबार बिहानसम्म १० लाख १ सय १ जना निको भइसकेका छन्। नेपालमा पनि ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार