काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) का तीनजना बिरामी थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो। स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन् भने एकजना पर्साको वीरगञ्जका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएका छन्। यी संक्रमितहरु वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। यसअघि वीरगञ्जको इनरुवाका दुईजनामा कोरोना पुष्टि भएको थियो।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस