जनप्रतिनिधिको पहलमा वेसहारा महिलाको निशुल्क उपचार

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १६ गते मङ्गलवार


शरद रेग्मी

तुलसीपुर, १६ बैसाख : वेसहारा श्रमिक महिलाको निशुल्क शल्यक्रिया सहित स्वास्थ्य उपचार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका—५का अध्यक्ष विरेन्द्र कुमार शाहको अग्रसरतामा बसपार्कमा विमारले छटपटाइरहेकि एक महिलाको तुलसीपुरको तुलसीपुर सिटि अस्पतालमा निशुल्क सल्यक्रिया गरिएको हो । मंगलवार विहान डा शेखर थापाले उनको पाठेघरको शल्यक्रिया गरेका हुन् ।


‘जव म तुलसीपुर बसपार्कस्थीत भाइको कोठामा विमारले च्यापेर छटपटाइ जिवन मृत्युको संघारमा थिएं, वडाध्यक्षज्यु भगवान बनेर आउनुभयो, मलाइ उठाएर आफ्नै गाडिमा राखि तुलसीपुर सिटि अस्पतालमा ल्याएर अप्रेसन गराइदिनुभो, म अहिले ठिकै छु’, सल्यान दार्मा गाउपालिका मसिना स्थाइ घर भएकि २३ बर्षिय संगिता पुनले भन्नुभयो ।
सहाराविहिन अवस्थामा जनप्रतिनिधिको गाडिमा ल्याइएकि संगितालाइ सिटि अस्पतालले शल्यक्रियासहित संपुर्ण उपचार निशुल्क गर्यो ।

अहिले संगिता विस्तारै तंग्रींदै छिन् । लककडाउनकै समयमा सल्यान जिल्ला अस्पतालमा जंचाउन जांदा सो अस्पतालले उनको अप्रेशन गर्नुपर्ने भन्दै तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा रिफर गरेको थियो ।

प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उनले चेकजांच गराइन् । तर अस्पताल प्रशासनले अप्रेशन गर्न ४०÷५० हजार खर्च हुने भनेपछि पैसाको अभावमा उनी रोग पालेर बसपार्कस्थीत भाइको डेरामा मृत्यु कुरीरहेकि थिइन् । उनलाइ शल्यक्रियासहित संपुर्ण स्वास्थ्य उपचारखर्च निशुल्क गर्ने उदेश्य सहित तुलसीपुर उपमहानगरपालिका—५का वडाध्यक्ष विरेन्द्र कुमार शाहले सिटि अस्पतालमा ल्याएका थिए ।


‘लकडाउनको व्यवस्थापनसंगै वडाका काममा व्यस्त थियौं, बसपार्कबाट एकजनाले फोनगरी यी महिलाको छटपटिका विषयमा जानकारी गराए, तुरुन्तै त्यहां पुगेर अस्पताल ल्यायौं’—वडाध्यक्ष शाहले भने । अस्पतालमा ल्याइसकेपछि स्वास्थ्यउपचारसंगै शल्यक्रिया गर्नुपर्ने भयो । अस्पताल सन्चालक सदस्य अर्जुन न्यौपानेसंग सरसल्लाह भयो । त्यसपछि उनको शल्यक्रिया समेत गरीयो । अध्यक्ष शाहको भनाइमा ती सहाराविहिन विपन्न महिलाको सवै उपचारखर्च आफैले व्यहोर्नेगरी अस्पताल ल्याएका थिए । संयोग अस्पताल व्यवस्थापन र चिकित्सकले पनि उनको निशुल्क उपचारमा पुरै सहयोग गर्ने बचन दिएका छन् ।

अवको तीन दिनपछि संगिता डिस्चार्ज हुनेछिन् ।
वडाध्यक्ष शाह भन्छन्, प्रादेशिक अस्पताललेनै उनको निशुल्क औषधि उपचारको व्यवस्थापन गर्नुपथ्र्यो, यसरी सहाराविहिनहरुलाइ निशुल्क स्वास्थ्योपचारसेवा दिन अस्पतालमा सामाजिक सेवा इकाइ पनि हुन्छ, तर अस्पतालबाट भएको व्यवहार दुर्भाग्यपुर्ण हो ।’ उनको शल्यक्रिया सफल भएकोमा अध्यक्ष शाह पनि निकै खुसी र उत्साहित पनि छन् । ‘विरामीको आर्थिक अवस्था हेरेर यस्ता सहाराविहिनलाइ खोजीखोजी स्वास्थ्य उपचारमा लागीपर्ने छु’—अध्यक्ष शाहको अठोट हो यो ।
सल्यान दार्माकि संगिताले गाउंकै युवासंग अन्तरजातिय विवाह गरेपछि कामकालागी भारत छिरेका थिए । कामकै क्रममा श्रीमान पेट बोकाएर वेपत्ता भए । पछि उनको शल्यक्रियागरी बच्चा जन्माइयो । त्यसैताकादेखि उनको पाठेघरमा समस्या देखिनथालेको आफन्तले बताएका छन् । सल्यान आएपछि पनि उनको व्यथाले च्याप्दै गएपछि उपचारका क्रममा तुलसीपुरस्थीत बसपार्कमा भाइको डेरामा बस्दै आएकि थिइन् । प्रादेशिक अस्पतालमा शल्यक्रियागर्ने पैसाको अभावमा उनी थलिंदै गएकि थिइन् । ‘अस्पताललाइ धेरै आग्रह गर्यौ, निशुल्क उपचारकालागी, तर भएन, वडाध्यक्षज्युले सहयोग गर्नुभो, उहांलाइ धन्यवाद दिन चाहन्छौं’, विरामीका आफन्त शुकलाल परीयारले भने, वडाध्यक्ष गरीवका नेता हुनुहुन्छ ।
अस्पताल व्यवस्थापनले पनि संगिताको संपुर्ण उपचारखर्च निशुल्क गर्ने जनाएको छ । अस्पतालका सन्चालक अर्जुन न्यौपानेले वडाध्यक्षज्युको सामाजिक सेवाको सराहनागर्दै संपुर्ण औषधि उपचारखर्च निशुल्क गर्ने बताएका छन् । अस्पताल नाफामुखि नभएर सेवामुखि भएको भन्दै न्यौपानेले यस्ता अतिविपन्न विरामीहरुको निशुल्क उपचारगर्न पाउंदा अस्पताल व्यवस्थापन पनि खुसी भएको भन्दै असहाय अन्य विरामीहरुको समेत निशुल्क उपचारगर्ने प्रतिवद्धता जनाएका छन् । यस्ता केशको शल्यक्रियाकालागी निजि अस्पतालमा कम्तिमा ८०÷९० हजार रुपैया सम्म खर्च हुन्थ्यो ।

शल्यक्रिया गर्ने चिकित्सकले समेत अप्रेशन चार्ज नलिने घोषणा गरेका छन् ।
शल्यक्रियामा संलग्न चिकित्सक डा शेखर थापाका अनुसार संगिताको दाइने डिम्वासयमा सिस्ट बनेको थियो ।

डिम्वासयमा अण्डा बन्ने र फुट्ने क्रममा कहिलेकाहिं सिस्ट बन्छन् । संगिताको डिम्वासयमा पनि यसरी बनेको सिस्ट ह्यामरेज भएर पाठेघरमा इन्फ्याक्सन सुरु भैसकेको थियो । चिकित्सकको टोलिले सिस्ट निकालेर ओभरीको रिकन्स्ट्रक्सन गरेको थियो । यो जटिल शल्यक्रिया नभएपनि समयमै नगरिएको भए महिलाको ज्यानजान सक्ने समेत अवस्था आउन सक्ने चिकित्सकले बताएका छन्


प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार