राप्तीमा १३ जना क्वारेन्टाईमा र २ जनाको स्वाब परिक्षण हुदै

Author Logo..
२०७७ बैशाख १६ गते मङ्गलवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ, १६ बैशाख
: राप्ती गाउँपालिकाका १३ जनालाई ऐरावति बहुमुखी क्याम्पसको क्वारेन्टाईमा भर्ना गरिएको र २ जनाको पिसिआर चेक जाँचका लागि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।


दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक पिसिआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परिक्षण शुरू भएंपश्चात राप्ती क्षेत्रका दुई जनाको पिसीआर चेकजाँचका लागि पठाईएको हो ।
कोरोनाको संक्रमणको अवस्था भए नभएको र संकास्पद ब्यत्तिmलाई पिसिआर परिक्षण गर्ने भनी सरकारले गरेको निर्णयानुसार प्रतिष्ठानमा दुई ब्यत्तिmको स्वाव परिक्षणका लागि पठाईएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिए ।


राप्ती गाउँपालिका ९ का ५० वर्षिय १ पुरुष तथा वडा नं ८ का २५ वर्षिय १ पुरुष गरि दुई जनाको स्वाव परिक्षणका लागि घोराहीमा चेकजाँच गरि पुन चेकजाचको लागि नेपालगंज पठाईएको राउतले जानकारी दिए । उनीहरु बाहिरी जिल्ला र तेस्रो मुलुक बाट आएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार