प्रतिष्ठानमा कोरोना परिक्षण शुरु, ११ जनाको रिर्पाेट नेगेटिभ

Author Logo..
२०७७ बैशाख १५ गते सोमवार

घोराही , १५ बैशाख : दाङमा आइसोलेसनमा रहेका ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर मेसिन जडान भएपछि पहिलो पटक प्रतिष्ठानमै उनीहरुको स्वाब परीक्षण गरिएको हो । नयाँ मेसिन भएकाले प्रतिष्ठानमा जाँच पछि ‘क्रस म्याच’ कालागि भैरहवा पठाईएको थियो ।

भैरहवाबाट पनि रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । पिसिआर मेसिनवाट ११ जनाको स्वाव लिई परीक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ आएकाले चिकित्सकको सल्लाह बमोजिम डिस्चार्ज प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताईन् ।अहिले प्रतिष्ठानमा थप ६ जना आइसोलेसनमा रहेका छन् ।

उनीहरुको स्वाब संकलन कार्य भइरहेको छ । साथै दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालबाट पनि ४ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठानमा आएको र उनीहरुको स्वाब परीक्षण कार्य भइरहेको उनले बताईन् ।

दाङबाट हालसम्म काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार