भालुवाङमा बम भेटियो, नेपाली सेनाद्वारा डिस्पोज

Author Logo..
२०७७ बैशाख १५ गते सोमवार


सन्तोष कुमार गुप्ता

भालुवाङ १५ वैशाख : दाङको देउखुरीमा बम फेला परेको छ । आइतवार विहान करिव ११ बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक वनको हाताभित्र एच. इ बम फेला परेको हो ।
आइतबार बिहान सामुदायिक वनका उपभोक्ताहरुले डाँडामाथि जानका लागि गोरेटो बाटो खन्ने क्रममा सो शङ्कास्पद बस्तु भेटाएपछी नजिकैको सम्बन्धित सुरक्षा निकायमा खवर गरेका थिए ।


सूचना प्राप्त भए लगत्तै जिल्लाको सदरमुकाम घोराहीबाट आएको नेपाली सेनाको टोलीले उक्त शङ्कास्पद बस्तु बम नै भएको पुष्टि गर्दै अपरान्ह १ बजे सो बमलाई बिष्फोट गराएको थियो ।

एच इ बम भएकोले बिष्फोटन हुँदा निकै ठूलो आवाज आएको भालुवाङ पुल्चोकका स्थानीय बासिन्दाले बताएका छन् । उक्त बम द्वन्द्वकालमा फालिएको हुन सक्ने र निकै पुरानो रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगा बहादुर सारू मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार