
काठमाडौं, १४ बैशाख : सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै वैशाख २५ गतेसम्म पुर्याएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थप्ने निर्णय हो ।
सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन सोमबार अर्थात् वैशाख १५ गते सकिदै छ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्न सुझाव दिएको थियो। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।
नेपालमा पनि संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना भने निको भएका छन्। अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।