स्वर्गद्वारी टिप्पर यातायात प्रालि र दाङ निर्माण व्यवसायीसंघ द्वारा बंगलाचुलीमा खाद्य सहयोग

Author Logo..
२०७७ बैशाख १४ गते आइतवार


बंगलाचुली ,१४ बैशाख : स्वर्गद्वारी टिप्पर यातायात प्रालि घोराहीले बंगलाचुली गाउँपालिकाले स्थापना गरेको खाद्य बैँकलाई ४० बोरा चामल सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीलाई मध्यनजर गर्दै देशभर भएको लकडाउनको समयमा यस गाउँपालिकाका विपन्न परिवारलाई राहात प्रदान गर्न खाद्यान्न सहयोग गरेको हो ।
राहात सामग्री यातायात प्रालिका द्वितिय उपाध्यक्ष नारायण पौडेलले गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । यसैविच दाङ निर्माण व्यवसायी संघले पनि ४० बोरा चामल गाउँपालिकालाई प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार