तुलसीपुरमा कोरोना १९ बिरुद्ध द्रुत प्रतिकार्य परियोजना सुरु

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १४ गते आइतवार


शरद रेग्मी
तुलसीपुर , १४ बैशाख
: दाङको तुलसीपुरमा कोभिड– १९ बिरुद्ध द्रुत प्रतिकार्य परियोजना सुरु भएको छ । युएसएआईडिको आर्थिक सहयोग र तुलसीपुर उमपहानगरपालिकाको समन्वयमा तुलसीपुर उद्योग बाणिज्य संघले संचालन गर्न लागेको परियोजनाको आइतवार टेलि कन्फ्रेन्स मार्फत सरोकारवालाहरु बिचको पहिलो बैठक सम्पन्न भएको हो ।

तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डेको प्रमुख आतित्थ्यतामा भएको परियोजना शुभारम्भ बैठकमा बोल्दै मेयर पाण्डेले कोरोना बिरुद्धको लडाईमा युएस एआईडिले महत्वपुर्ण परियोजना तुलसीपुरमा सुरु गर्न लागेकोमा धन्यबाद ज्ञापन गरे ।


उनले महामारी नियन्त्रण गर्न तुलसीपुरका १९ वटै वडाहरुमा स्वास्थ्य स्वयमसेवक परिचालन गर्दै उनीहरुलाई सेनिटाईजर उत्पादन गर्ने तालिम देखि कोरोना बिरुद्ध सजकता अपनाउने कार्यक्रमहरु रहेको जानकारी दिए ।बजारमा सेनिटाईजरको हाहाकार भएको सन्दर्भमा युएसएआईडिले गाउँ गाउँमा किटनाशक औषधी छर्ने अभियान समेत यो परियोजनामा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै युएस एआईडि अन्तर्गत संचालन भैरहेको तयार नेपालकी एक्सन फण्ड म्यानेजर रक्षा शाहले यो परियोजना अप्रिल १५ देखि जुन पन्ध्र सम्म संचालन हुने जानकारी दिईन् । ‘अहिले कोभिड नियन्त्रण गर्न सबैको सहकार्य हुन जरुरि छ , यस्मा युएस एआईडिले निजि क्षेत्रसगं हातेमालो गरेर अगाडि बढेको छ उनले भनिन् ।’

उनका अनुसार उद्योग बाणिज्य सघंसगं निरन्तर सहकार्य रहने छ । कार्यक्रममा टेक्निकल फोकल पर्सन धिरज कार्की, बिभिन्न सामाजिक सघं संस्थाका प्रमुखहरु , तुलसीपुर उपमहानगरपालिका जन स्वास्थ्य प्रबर्दन शाखा केभिड १९ का फोकल पर्सन बिमल केसी ,लगाएतको सहभागिता रहेको थियो । बैठकको सहजिकरण तुलसीपुर उद्योग बाणिज्य सघंका सचिब एवं परियोजनका टिम लिडर बिनिल केसिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार