शान्तिनगर, १३ बैशाख : शान्तिनगर गाउंपालिका वडा नम्बर ७ का ६४ घरपरिवारलाई शनिवार राहत वितरण गरिएको छ । दाङका एक युवा ब्यवसायीले एवं दंगीशरण गाउंपालिका ६ निवासी नेपाल जेपी एग्रिकल्चर प्रालिका संचालक जयराम वलीले अतिविपन्न तथा दैनिक ज्याला मजदुर गर्ने ६४ घरपरिवारलाई खाद्यान्न तथा नुन सहयोग गरेका हुन् ।
वडाको समन्वयमा घरपरिवार संख्याको आधारमा १० किलो देखी २५ किलो सम्म ६४ घरपरिवारलाई चामल र १ किलो नुन सहयोग गरेको वलीले बताए । त्यसैगरी वलीले शुक्रवार दंगीशरण ६ र ७ मा पनि राहत वितरण गरेका थिए,भने आइतवार दंगीशरण ५ मा राहत वितरण गर्ने उनले बताए ।
एक महिना भन्दा बढि लकडाउन हुदाँ दैनिक ज्याला मजदुर गर्ने परिवारलाई समस्या भएकाले आफुले सहयोग गरेको उनले बताए । त्यसैगरी उनले लकडाउनको समय थप भएमा अन्य वडाहरुमा पनि वितरण गर्ने बताए । यता वडामा ८ वटा टोलहरु रहेको र ति मध्य १२५ जना घरपरिवारलाई राहत दिने तथ्यांक भएता पनि गाउँपालिकाले ८५ घरपरिवारलाई राहत पहिलो चरणमा दिएको वडाध्यक्ष पिमलाल वलीले बताए ।
त्यसैगरी युवा ब्यवसायी जयराम वलीले सहयोग गरेपछि दोस्रो चरणमा केही दिनको लागी पनि सहज होस् भनेर ६४ घरपरिवारलाई चामल र नुन दिएको वडाध्यक्ष वलीले बताए । त्यसैगरी वडाले खैरेनीमा रहेको वन कार्यालयको भवनमा अहिले बाहिरी जिल्लाबाट काम गरी फर्केका ४ जनालाई क्वारेन्टाइनको ब्यवस्था गरी राखेको समेत उनले बताए ।
‘ अहिले विभिन्न जिल्लाबाट मानिसहरु गाउँ क्रम बढ्दो छ’ उनले भने‘ उनीहरुले घर परिवारमा पनि बसाल्न शंका गर्दछन् , गाउँपालिकामा भन्दा ठाउँ छैन् भनेपछि वडाले नै ब्यवस्था गरेर ३ दिन देखी राखेका छौ ।’ त्यसैगरी चैत महिनामा विदेशबाट आउनेहरुलाई होम क्वारेन्टाइमा बसालेको र अहिले सम्म कुनैलाई समस्या नदेखिएको उनले बताए ।