जन्मदिनको अवसरमा स्वास्थ्यकर्मी केसीद्धारा रक्तदान

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १३ गते शनिवार


तुलसीपुर, तुलसीपुर उपमहानरपालिकाका जनस्वाथ्य प्रबद्धन शाखाका जनस्वाथ्य निरिक्षक विमल केसीले आफ्नो जन्मदिनको अवसरमा शनिवार रक्तदान गरेका छन् । तुलसीपुर लगाएत दाङ जिल्लामा रगत अभाव भैरहेको बेलामा जन्मदिनको अवसरमा आफुले रक्तदान गरेको उनलेृ बताए ।

यस पटक समेत गरी २२ औं पटक रक्तखान गरेको भन्दै उनले रक्तदान गर्दा शरिरमा उर्जा थपिने ,सकारात्मक सोचको विकास हुने, र समाज सेवामा मन लाग्ने बताए । त्यसैगरी त्ुलसीपुर ५ का अप्टोमेट्री अध्धयनरत रविन्द्र थापा र पर्सेनी नगर स्वास्थ्य केन्द्रमा कार्यरत् अनमी कमला वोहराले पनि रक्तदान गरेका थिए ।

१२० दिनमा खेर जाने रगतलाई रगत अभाव भएर अर्थात रगत नपाएर अकालमा ज्यान गुमाउनु परिरहेका र साप्ताहिक रुपमा डायलाईसिस गर्ने विरामीहरु,अप्रेसन गर्नु पर्ने सुत्केरी ,सिकलसेल एनिमिया ,थलेसिमिया,जस्ता विरामीहरुको लागि लकडाउन को समयमा रगतको अभाव नहोस भन्नाको लागि नेपाल रेडक्रस सोसाईटी दाङ शाखाद्वारा रक्त संकलनको अभियान नै संचालन गरेको थियो। उक्त अभियानमा दाङ जिल्लामा कृयाशिल संघसंस्था द्वारा दैनिक जसो रगत संकलन कार्य भैरहेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार