दाङमा लोपोन्मुख हुचिलको बच्चा र घाइते ओतको उद्धार

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १३ गते शनिवार

दाङ, १३ बैशाख : डिभिजन वन कार्यालय दाङको टोलीले हेमन्तपुरबाट लोपोन्मुख हुचिलको बच्चा र घाइते ओतको उद्धार गरेको छ ।

तुलसिपुर उपमहानगरपालिका १८ हेमन्तुर स्थित वडा कार्यालय नजिकैबाट डिभिजन वन कार्यालय दाङले लोपउन्मुख पंक्षी हुचिलको बच्चा र घाईते ओतको उद्धार गरेको हो । उद्धारपछि आवश्यक व्यवस्थापन एवम् औषधि उपचारका लागि ती पन्क्षीलाई डिभिजन वन कार्यालयमा ल्याएको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्दका अध्यक्ष डिल्ली बहादुर रावतको सकृयतामा स्थानियहरू सहयोग लिई हुचिलको बच्चा र शिकारीले गुलेली प्रयोग गरि हानेको ढुङ्गा टाउकोमा लागेपछि आत्तिएर वस्ति नजिक आएको ओतको जिवितै उद्धार गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिमबहादुर के सीले बताए ।

यस अघि डिभिजन वन कार्यालयले रतुवा, चित्तल, गोमन सर्प उद्धार गरी उपचार पश्चात् सुरक्षीत प्राकृतिक बाँस स्थानमा छाडिसकेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार