छैटौं परीक्षणमा कोरोना निको भएर घर फर्किइन् बागलुङकी युवती

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १३ गते शनिवार

बागलुङ : यहाँकी १९ वर्षीया युवती अन्सु सापकोटा छैटौं पटकको परीक्षणमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्। धौलागिरि अञ्‍चल अस्पतालको आइसोलेसनमा उपचाररत नेपालकी पाँचौं संक्रमित १९ वर्षीया युवतीको छैटौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

उनको उपचारका क्रममा चौथो पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो। योसँगै नेपालका कोरोना निको हुने बिरामीको संख्या ११ पुगेको छ। उनको एक महिनादेखि अस्पतालको आइसोलेसन कक्षमा उपचारर भइरहेको थियो।  बागलुङ नगरपालिका-४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्। 

उनी बेज्लियमबाट दोहा हुँदै चैत ४ गते कतार एयरवेजको उडान नम्बर ६५२ को जहाजबाट काठमाडौं आएकी थिइन्। फ्रान्सबाट आएकी काठमाडौंकी प्रशिद्धी श्रेष्ठसँगै उनी आएकी थिइन्। श्रेष्ठमा संक्रमण देखिए पछि उनको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते पनि संक्रमण पुष्टि भएको थियो। प्रशिद्धि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिन लामो उपचारपछि घर फर्किसकेकी छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार