तुलसीपुर, १२, बैशाख : दाङका एक युवा ब्यवसायीले पश्चिम दाङका विभिन्न वडाहरुमा राहत विरतण गरेका छन् । दंगीशरण गाउंपालिका ६ निवासी नेपाल जेपि एग्रिकल्चर प्रालिका संचालक जयराम वलीले शुक्रवार दंगीशरण गाउँपालिका वडा नम्बर ६ र ७ मा अतिविपन्न तथा दैनिक ज्याला मजदुर गर्ने ३० घरपरिवारलाई खाद्यान्न तथा नुन सहयोग गरेका हुन् ।
वडाको समन्वयमा ति परिवारलाई राहत दिएको र बांकी वडाबाट नै दिने गरी वडा नम्बर ७ का विर बहादुर वलीलाई दिएको संचालक वलीले बताए । आज मात्रै १२ कुइन्टल चामल र सय किलो नुन वितरण गरेको र शनिवार दंगीशरण ५ र शान्तिनगर ७ मा वितरण गर्ने वलीले बताए । त्यसैगरी उनले लडकडाउन आर्थिक सहयोग र मास्क पनि वितरण गरेको बताए ।
त्यसैगरी अझै लकडाउन लम्बिदै गएका अन्य ठाउँमा पनि सहयोग गर्ने बताए । यता दंगीशरण गाउँपालिका वडा नम्बर ७ ले अहिले सम्म २ दिन अगाडीको तथ्यांक अनुसार १ सय ७ दैनिक ज्याला मजुदर गर्ने घरपरिवारहरुलाई राहत वितरण गरेको वडाध्यक्ष विर बहादुर वलीले बताए । त्यसैगरी वडामा विभिन्न ब्यक्ति तथा गाउँपालिकाबाट आएको राहत वितरण गरेको उनले बताए ।
राहत वितरण गर्दा परिवारको संख्याको आधार अनुसार वितरण गर्ने गरेको उनले बताए । एक जना ब्यक्तिलाई ५ किलो चामल दिने गरेको छौँ,उनले भने,‘ ठुलो परिवार भएकालाई २०/२५ किलो सम्म दिने गरेका छौँ ।’
त्यसैगरी वडामा विदेशबाट अहिले कोही पनि नआएको र चैत महिनामा आएकालाई आफुहरुको निगरानीमा होम क्वारेन्टाइनमा राखेको समेत उनले बताए । राहत वितरण कार्यक्रम अर्का ब्यवसायी दिल बहादुर भण्डारीले सहयोग गरेका थिए ।