
शरद रेग्मी
लमही : दाङको देउखुरी उद्योग बाणिज्य सघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले आफ्नी आमाको प्रेरणाले नै आफु समाज सेवामा तल्लीन भएको बताए ।
उनले भने,‘मानबिय सेवा नै सबैभन्दा बढि समाज सेवा हो अन्तर आत्मा देखि बिना स्वार्थ गरिने सेवाले जिन्दगीमा छुट्टै आनन्दको अनुभुती हुने गर्दछ ।’
लकडाउन अबधिभर ७ हजार बढि पैदल यात्रीको उद्धार गरेको उनले बताए । जिल्लामा सबैभन्दा पहिला पैदल यात्रिको उद्धार र खानाको ब्यबस्थापन मिलाएका प्रतिष्ठित ब्यबसायी श्रेष्ठले यो महाअभियानमा हातेमालो र सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, सुरक्षा प्रमुखहरु,प्रदेशका मन्त्री , पत्रकार, मेयर र स्थानिय सहयोगी दाताहरुलाई समेत धन्यबाद ज्ञापन गरे । उनले लकडाउन अबधिभर यो अभियान जारी रहने समेत बताए ।