पत्रकारका लागि स्वास्थ्य सुरक्षाको लागी रिजालद्धारा सामाग्री हस्तान्तरण

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १२ गते शुक्रवार

तुलसीपुर, तुलसीपुरका युवा ब्यबसायि बिमल रिजालले तुलसीपुरमा सञ्चालन भईरहेका संचार गृहका श्रमजीबिहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् ।
३० जना पत्रकारहरुलाई पुग्ने गरि सेनिटाईजर,ग्लोब्स र मास्क तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका रिजालले उपलब्ध गराए ।


उक्त सामाग्री पत्रकार अर्जुन गिरी,नारायणी रजौरे,सुशील बस्नेत,शरद रेग्मीलाई हस्तान्तरण गरे । प्राप्त ती सामाग्री पत्रकार शरद रेग्मीलाई बितरणका लागि जिम्मा लगाईएको छ । बिश्वभर फैलीएको कोभीड १९ को सर्तकता र सचेतनाका लागि अग्रपंक्तीमा गई समाचार संकलन गर्नुपर्ने अबस्थामा श्रमजीवि पत्रकारहरु समेत स्वास्थ्य सुरक्षामा संबेदनशील हुने भएकाले स्वास्थ्य सामाग्री उपलब्ध गराईएको रिजालले बताए ।
रिजालले श्रमजीवि पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा पत्रकारहरु खुशी भएका छन् ।


उता,तुलसीपुर ११ नम्बर वडा कार्यालयले मास्क वितरण शुरु गरेको छ । वडा कार्यालयले आफ्नै लगानीमा मास्क वितरण शुरु गरिएको वडाध्यक्ष चित्रबहादुर वलीले जानकारी दिए । पहिलो चरणमा ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई करिब ३ हजार मास्क वितरण गरिएको र दोस्रो चरणमा अन्य उमेर समुहका ब्यक्तिहरुलाई वितरण गरिने वडा अध्यक्ष वलीले बताए । टोल बिकास

संस्थाको सहकार्यमा घर घरमा पुगेर मास्क वितरण गर्न शुरु गरिएको हो ।
मास्क वितरणसंगै कोरोना भाइरसबाट बच्न सरकारको निर्देशन पुर्ण रुपमा पालना गर्न आग्रह गरिएको वडा सदस्य सुवास डिसीले जानकारी दिए ।

भारत तथा तेस्रो मुलुकबाट केही समय अघि घर फर्किएकाहरुको स्वास्थ्य अबस्था र तथ्यांक संकलन गर्न स्वास्थ्यकर्मी सहितको टोली वडा नम्वर ११ का बिभिन्न टोलमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार