दाङका २ अस्पताल बाट चैत महिनामा झण्डै साढे ३ सय जनाले प्रसुती सेवा

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ११ गते बिहिवार

तुलसीपुर : दाङका २ अस्पताल राप्ती प्रादेशिक तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चैतमा झण्डै साढे ३ जनाले प्रसुती सेवा लिएका छन् ।

प्रादेशिक र प्रतिष्ठानबाट चैत महिनामा ३४९ जनाले प्रसुति सेवा लिएका हुन् । राप्ती प्रादेशिक अस्पतालबाट मात्रै चैत महिनामा २२० जनाले प्रसुति सेवा लिएको अस्पतालले जनाएको छ ।

ति मध्य १४७ जनाले बन्दाबन्दीको समयमा सेवा लिएको अस्पतालका सुचना अधिकारी डिल्ली केसीले बताए ।

अस्पतालबाट जटिल प्रकृतिका १३ जना, शल्यक्रियाबाट ३१ र सामान्य सेवा बाट १९६ जनाले चैतमा सेवा लिएको उनले बताए ।

गत माघ महिना करिब साढे ४ सय जना र फागुनमा २४० जनाले प्रसुति सेवा लिएको सुचना अधिकारी केसीले बताए ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चैत महिना १ सय २९ जनाले प्रसुति सेवा लिएका छन् । प्रतिष्ठानबाट ७६ जनाले सामान्य, शल्यक्रियाबाट ४६ जना, जटिल प्रकृति ७ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार