तुलसीपुर, दाङमा स्थानियतह र विभिन्न संघ संस्थाहरुले बिभिन्न जिल्लाबाट मजदुरी गरेर फर्केका पैदलयात्रीहरुलाई केही दिन देखी खाना, बस्न र यातायातको ब्यवस्था गरी गन्तब्य सम्म पु¥याउँदै आएका छन् । लमहीले घोराही सम्म, घोराहीले तुलसीपुर सम्म र तुलसीपुरबाट सम्बन्धित ठाउँमा पठाउने काम भैरहेको छ ।
तर स्थानियतह विच समन्वय नहुदाँ पैदलयात्रीहरुको उद्धार समस्या र जोखिम हुने गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावत(विरु)ले बताए । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले स्थानीय तह बिचको समन्वयका अभावका कारण गन्तब्यमा पुग्न हिड्का यात्रुले सास्ती भोग्नु परेको बताए । उनले लमहीले घोराही सम्म छोडि दिने र घोराहीले तुलसीपुर बजारमा सम्म सयौं यात्रुलाई छोडिदिदाँ तुलसीपुरलाई सल्यान, रुकुम, रोल्पा लगाएतका जिल्लामा पु¥याउन जानु पर्ने बाध्यता रहेको बताए । यसका लागि घोराही,तुलसीपुर र लमही बिच समन्वय हुनु पर्नेमा समेत बताए ।
तुलसीपुरमा पैदल यात्रुलाई विभिन्न संघ संस्थाहरुले खाना, बस्न र यातायातको ब्यवस्था गरेको भन्दै उहाँले यातायातको लागि डिजलको ब्यबस्था र उनीहरुलाई एकिकृत गर्न खुल्ला ठाँउको जिम्मा स्थानीय तहले लिनु पर्ने बताए । त्यसैगरी घोराही उपमहानरपालिकाका मेयर नरुलाल चौधरीले बिभिन्न जिल्लाबाट घोराही प्रबेश गरेका यात्रुलाई ब्यबस्थापन गर्न चुनौति बढ्दै गएको बताए । उनले यो समस्या समाधानका लागि लमही नगरपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका बिच राम्रो समन्वय हुनु पर्ने बताए ।
‘लमहीले चौपट्टामा यात्रुलाई छोडिदिने, घोराहीले कुईरेपानीबाट तुलसीपुरमा ल्याएर छोडिदिने गरिएको छ’उनले भने ,‘ यो कदापी राम्रो होईन, बजारमा लर्को लागि हिड्े भने संक्रमणको सम्भाबना पनि हुन्छ, त्यसैले बेलैमा समन्वय गरि ब्यबस्थापन गर्नुपर्छ । त्यसैगरी तुलसीपुर उपमहानरकाका मेयर घनश्याम पाण्डेले पनि यसतर्फ सबैले ध्यान दिनु पर्ने बताए । उनले लमहीले यात्रुहरु ल्याउँदा घोराहीलाई समन्वय गर्नु पर्ने र घोराहीले तुलसीपुर ल्याउँदा समन्वय गर्नु पर्ने बताए ।
समन्वय विना यात्रुहरुलाई ल्याएर सडक मै छोडि दिदाँ सबैलाई जोखिम हुने समेत बताए । घोराहीले बैशाख ६ गतेदेखि निरन्तर यात्रुहरुको उद्धार गर्दै आएको उपमहानगरका बाताबरण तथा बिपत व्यबस्थापन समिति संयोजक शक्तिराम डाँगीले जानकारी दिए । बुधवार सम्म तुलसीपुर र रोल्पाको होलेरी सम्म १२ सय यात्रुहरुलाई उद्धार गरेको पठाएको उनले बताए ।
त्यसैगरी तुलसीपुरमा पनि बैशाख ५ गतेदेखी शुरु गरिएको उक्त अभियानमा बुधवार सम्म १५ सय यात्रुहरुलाई उद्धार गरी सम्बन्धित ठाउँमा पठाईएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रावतले बताए ।
दाङमा आएका यात्रुहरुको ज्वरो चेकजाँच गरेर मात्र पठाईदै आइएको छ । काठमाडौ, हेटौडा, लमजुङ, नुवाकोट, ताप्तेजुङ, भक्तपुर, ललितपुर, तनहु, गोर्खा लगाएतका दर्जनौ जिल्लाबाट दाङ भएर घर जान पैदल यात्रुहरु आउने गर्दछन् ।