बंगलाचुलीमा एक जना रेफर, थप एक जना क्वारेन्टाईनमा

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १० गते बुधवार


बंगलाचुली १० बैशाख : दाङको बंगलाचुली गाउँपालिकाले एक जनालाई बुधबार आईसुलेसनका लागि रेफर गरेको छ । बंगलाचुली ४ झुलिडाँडामा रहेको क्वारेन्टाईनमा रहेका बंगलाचुली गाउँपालिका ३ तापा घर भएका २५ वर्षका युवालाई रेफर गरेको हो ।

उनलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले जानकारी दिए। उनलाई मंगलवार क्वारेन्टाईनमा राखिएको थियो ।

त्यसैगरी झुलिडाँडा क्वारेन्टाईनमा बुधबार एक जना थप भएका छन् । बंगलाचुली गाउँपालिका ६ रिभान घर भई चितवनको नारायणगढ बाट आएका ४५ वर्षिय पुरुषलाई क्वारेन्टाईनमा राखिएको हो ।

यो संगै बंगलाचुली गाउँपालिकाको क्वारेन्टाईनमा बस्नेहरुको संख्या ७ जना रहेको छ । भने एक जनालाई रेफर गरिएको छ । गाउँपालिकाले यस अघि ७ जनालाई क्वारेन्टाईनबाट घर पठाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार