काठमाडौ, १० बैशाख : नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । पुनः तीन जनामा संक्रमणको पुष्टि भएसंग संक्रमितको संख्या ४५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा संक्रमण भएको पुष्टि गरे ।
तीन जना पुरुष रहेको र उनीहरुको उमेर २४ , ६० र ७२ बर्ष रहेको जानकारी पनि उनले जानकारी दिए । यी तिनै जना उदयपुरको रहेको बताइएको छ ।
मन्त्रालयका अनुसार अस्पतालहरुमा उपचाररत दुईजना भने निको भएपछि घर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार टेकु अस्पतालमा उपचाररत धादीङका एकजना युवा र कैलालीमा उपचाररत अर्का पुरुष पनि उपचारपछि निको भएर घर फर्किएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ भने उपचारपछि ७ जना घर फर्किएका छन्।