तुलसीपुर, दाङको तुलसीपुर उपमहानरपालिकाले दोस्रो चरणमा राहत वितरण गर्नको लागी श्रम बैकको स्थापना गरेको छ । लकडाउन (बन्दाबन्दी) भैरहेको बेला पहिलो चरणमा १९ वटै वडाका ७ हजार ६५० घरपरिवालाई राहत वितरण गरेको उपमहानगरपालिकाले जनाएको छ ।
मंगलवार कार्यपालिकाको ८४ औं बैठकले दोस्रो चरणमा राहत लिनेलाई अब श्रममा लगाउने निर्णय गरेको हो । राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैक स्थापना गर्ने निर्णय कार्यपालिकाले गरेको उपमहानरका प्रबक्ता श्याम डाँगीले बताए ।
पहिलो चरणमा उपमहानरभित्रका साढे ७ हजार बढिलाई राहत बितरण गरेको र अब दोस्रो चरणको राहतमा बितरणमा यस्तो नयाँ तरिका अपनाएको उनले बताए । पहिलो चरणमा राहत बितरण गर्दा केही लक्षित बर्ग र केही अन्य बर्गमा पुगेको भन्ने विभिन्न टिका टिप्पणी भएपछि त्यस्तो कार्य नदोरियोस् भनेर यस्तो निर्णय गरेको उनले बताए ।
उपमहानरपालिका भित्र दैनिक ज्याला मजदुर गर्ने परिवारहरुले श्रममा लगाउँदा उनीहरुले काम र माम पाउने समेत प्रबक्ता डाँगीले उनले बताए । ‘अहिले लकडाउनका कारण त्यस्ता बर्गहरुले काम पाएका छैन्’ उनले भने ,‘ काम नपाउँदा भोकै मर्न नपरोस् र लक्षित बर्गलाई मात्र राहत पुगोस् भन्ने उदेश्यले श्रममा लगाउने निर्णय हो ।
’ विपन्न बर्गलाई राहत दिने र सो बाफत वडाका विभिन्न विकासका काममा लगाउने गरी राहतको काम अगाडि बढाउने भएको प्रबक्ता डाँगीले बताए । उनीहरुले काम गर्दछन्, त्यहि काम बापत खाद्यान्न पाउँने छन् , यदि उपमहानगरले अहिले काम दिन नसकेमा उनीहरुलाई पछि काममा लगाउने गरी राहत दिने समेत उनले बताए ।
श्रम बैकलाई सञ्चालन गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा वडा वडामा श्रम समिति बनाइने छ । यस्तो समितिले कामसँगै खाद्यान्न पनि उपलब्ध गराउने छ ।
‘जनता भौकै पनि नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि बढाइएको हो ’ उनले भने । ‘असक्त, ज्येष्ठ नागरिक लगाएतकालाई भने राहतका लागि श्रम बैकमा काम गर्नुपर्ने छैन्’ उनले भने । बाहिरबाट फर्किएका श्रमिकहरुलाई काममा लगाउनका लागि पनि यस्तो निर्णय गरिएको हो ।