झग्गु भण्डारी
शान्तिनगर , ९ वैशाख : दाङको शान्तिनगर गाउपालिका २ सिमसुन्दरपुर तथा बिष्णपुरमा ज्याला मजदुरी गरि खाने ३५ परिवारलाई मंगलवार खाद्यान्न तथा मास्क बितरण गरिएको छ ।
समाजसेवि तथा ब्यापारी बेगेन्द्र शाह , अभियान बस्नेत र होम प्रसाद गौतमको संयुक्त आर्थिक सहयोग तथा स्थानिय समाजसेवि युवा बिमल खड्काको सकृयतामा अति बिपन्न समुदायका करिब ३५ घरपरिवारलाई अत्याबश्यक खाद्यान्न समाग्री तथा मास्क बितरण गरिएको हो ।
लकडाउनका बेला ज्याला मजदुरी गर्ने करिब ३५ घरपरिवारलाई स्थानिय तहले बितरण गरेको पहिलो चरणको खाद्यान्न सकिनै लागेको जानकारी आफुले पाएपछी अलिकति सहयोग गरेको उनले बताए ।
जसमा ५०० किलो चामल , ३५ किलो दाल, ३५ लिटर तेल र २०० मास्क रहेको थियो ।