महतरा दम्पतिद्धारा २० हजार आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ९ गते मङ्गलवार

तुलसीपुर, तुलसीपुरका समाजसेबी टोप बहादुर महतरा र गिता महतराले मेयर विपद् राहत कोषमा २० हजार नगद सहयोग गरेका छन् । लकडाउनका कारण बाटोमा हिडेका पैदलयात्रीलाई गन्तव्य स्थानमा पु¥याइदिने चालकको लागि महतारा दम्पतिले नगद २० हजार सहयोग गरेका हुन् ।

उक्त सहयोग रकम सोमबार तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका थिए । उपमहानगरपालिकाको मेयर विपद् व्यवस्थापन राहत कोषमार्फत ति चालकलाई भत्ता तथा खानाको लागि रकम सहयोग गरिएको उनले बताए ।


‘विपद्मा परेका पैदल यात्रुलाई सवारीमा गन्तव्य स्थान सम्म पु¥याउनेलाई प्रोत्साहनका लागि सहयोग गरेको उनीहरुले बताए ।

अफ्ठेरोमा परेका नागरिकलाई यस्तो परिस्थितिमा गन्तव्य स्थान सम्म पु¥याउने चालक महान हुन्, यसकै मूल्यांकन गर्दै हामीले सहयोग गरेका हौँं, टोप बहादुरले भने । महतराले लामो समय देखी समाजमा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार