शिबराज पन्थी
गढवा ८ बैशाख : कोभिड १९ को लकडाउनकाट प्रभावित बिपन्न तथा ज्याला मजदुुरीगरी गरी छाक टार्ने नागरिकहरुका लागि गढवा गाउँपालिकाले ५० लाख रकमको बिपद् राहातकोष बाट पहिलो चरणको राहत वितरण सम्पन्न गरेको र पुुन ५० लाखको राहातकोष समेत स्थापना गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।
गाउँपालिकाले स्थापना गरेको उक्त कोषमा बिभिन्न संघसंस्था र उद्योगि ब्यवसायिहरुले ७ लाख ८ हजार ५१५ रुपियाँ नगद र अन्य खाद्यान्न जिन्सी गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । सोही रकमबाट आठवटै वडाहरुका कुुल २ हजार नौसय ४० घरधुुरीलाई प्रतिघरधुुरी २५ किलो चामल,२ किलो दाल,२ लिटर तेल र १ पोका नूून राहात बितरण कार्य सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।
जस अनुुसार गढवाको वडा नं. १ मा ६२१,वडा न. २ मा २२०,वडा नं. ३ मा ३३४,वडा नं. ४ मा ३४९, वडा नं. ५ मा ५९७,वडा नं. ६ मा ४१४, वडा नं. ७ मा २१७ र वडा नं. ८ मा १८८ गरी कुुल २९४० घरधुुरीलाई ७३४.७७ क्विण्टल चामल,५,८८७ किलो दाल,२९४० पोका नूून र ५८८७ लिटर तेल वितरण भै सकेको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत लालबहादुुर योगीले जानकारी दिए ।
गाउँपालिकाले पहिलो चरणमा राहत वितरण गर्न ५० लाख रुपियाँको बिपद् राहत कोष स्थापना गरेको थियो । सोही कोषबाट राहत वितरण,स्वास्थ्य ब्यवस्थापन र क्वारेण्टाइन संचालन ब्यवस्थापन गरि कुुल ४६लाख ७२ हजार ६१० रुपिया खर्च भएको खर्च सार्बजनिक गरेको छ ।
यसैगरी गाउँपालिकाले गाउँकार्यपालिकाका पदाधिकारी सहितको सर्बदलिय सर्बपक्षिय बैठक बसी पुुन ५० लाखको बिपद् राहातकोष स्थापना गरेको अध्यक्ष यादवले जानकारी दिए ।