तुलसीपुरबाट ३ दिनमा ६६५ पदैलयात्रीको उद्धार

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ८ गते सोमवार

तुलसीपुर, ८ बैशाख : विभिन्न जिल्लाबाट दाङको तुलसीपुरमा आएका ६६५ जना पैदलयात्रीको उद्धार गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा यहाँका क्रियाशिल १० वटा सामाजिक संस्थाहरुले पैदल यात्रीहरुलाई खाना , बस्न र गन्तब्य सम्म जान गाडिको ब्यबस्थापन गरेको ३ दिनमा ६६५ जना पैदलयात्रीलाई सम्बन्धित ठाउँमा पठाएको तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

तुलसीपुरमा आएका पैदलयात्रीहरुलाई निशुल्क खाना खुवाउने र उनीहरुको स्वास्थ्य अवस्था चेक जाँच गरेर सम्बन्धित ठाउँमा पठाउने गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले बताए । यहाँका विभिन्न क्रियाशिल संघ संस्थाहरुले उनीहरुलाई खाना, बस्न र यातायातको ब्यवस्था गरेको भन्दै उहाँले कुन ठाउँका हुन त्यहि ठाउँमा बस र जिपबाट पठाउने गरेको बताए ।

यातायातको लागी त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालि र अन्य प्रालिहरुले गाडिको ब्यवस्था गरेको समेत उनले बताए । सोमबार मात्रै सल्यान, रुकुम र कालिमाटीका २५७ जना यात्रीहरुलाई खाना खुवाएर गाडीमा पठाएको उनले बताए ।

तुलसीपुरबाट सल्यानको श्रीनगर र दाङको बबई गाउँपालिका सम्म यातायातले निशुल्क पु¥याउने गरेको समेत उनले बताए । यो अभियान लकडाउन अवधिभर संचालन भैरहने समेत अध्यक्ष रावतले बताए ।

तुलसीपुर उद्योग बाणिज्यसंगको पहलमा तुलसीपुर उपमहानगरपालिका , स्थानिय प्रशासन र सुरक्षा निकायसंगको समन्वयमा ‘मानबिय सेवा आजको आबश्यकता’ भन्ने मुल मान्यता अनुसार सेवा शुभारम्भ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार